स्व .वेद पौडेल नेसाज पत्रको पनि सम्पादक थिए ..

Everest Fuji News २०७५ माघ १० मा प्रकाशित       Published at 2019 Jan 24


प्रेमिला, गौचन टोकियो , जापान ।

भनिन्छ , राम्रो मान्छे भगवान प्यारो हुन्छ  । यस्तै भएको छ , गत डिसेम्बर २८ मा निधन भएका ४७ वर्षिय स्व.पौडेल प्रती । साच्चै नै उहा प्रतिभाको धनी हुनु हुन्थ्यो , सरल र मिजाशिला स्वभावका पौडेल जापानमा नेपाली विद्द्यार्थीहरुको साझा सस्था नेसाज ( नेपाल स्टुडेन्ट एसोसियशन अफ जापान) को मुखपत्र नेसाज पत्रको पनि सम्पादन मन्डलमा आवद्द थिए । जो २००१ ~२००७ सम्म जापानमा निकै लोकप्रिय मुख पत्र मानिन्थ्यो । किनकी जसमा नेपालको समसायिक बिषय र विध्यार्थीहरुका लागि आवश्यक जानकारी , कथा , कविता र जापानका भोगाइ र सम्भावनाहरुको बारेमा पढ्न पाइन्थ्यो । त्यो समयमा अहिलेका जस्ता छ्यास छ्यासती अनलाइन पोर्टलहरु थिएन । नेपाली पत्रपत्रिकाहरु पनि पढ्न पाइदैनथ्यो । जापानको पहिलो छापा पत्रीका 'नेपाल समाचार' भन्दा पहिले पढ्ने पत्रीका नै नेसाजपत्र थियो । जुन नेसाजपत्रमा म जापान आएर ६ महिना सम्म काम नपाएर बेरोजगार बस्दाको पिडा , नेपालमा मुलधारमा रहेर पत्रकारिता गर्दाको क्षण तथा नावालाक छोरा छोरीहरुलाई चट्टक्कै छोडेर विदेशिनुको पिडा पोखोएको लेख पनि प्रकाशित भएको थियो । यतीमा मात्रै सिमित नभै एनआरएन जापानको स्थापनाकालदेखी २००७ सम्ममा प्रकाशन समितीमा रहेर पनि काम गरेका थिए पौडेलले । फुजित्शु कम्पनिमा कार्यरत वरिष्ठ इन्जीनियर स्व.पौडेल बिदाका दिनहरुमा आफुलाई सामाजिक काममा सकृय राख्थे । फलस्वरुप उनी अनेसास जापानका अध्यक्ष, नेपाल जापानम डट कम तथा नेसाज पत्रका सम्पादक बन्न सफल भएका एक सकृय युवा थिए । बिदाको दिनमा पनि सधैं शर्ट र पाइन्टमा भलादमी पहिरन गर्न रुचाउने एक सम्भावनाका आकर्षक युवा देखिन्थे । उहाका आफन्तहरु मेरो विद्द्यार्थीकालका सहपाठी साथीहरु भएकोले उहासँग मेरो घनिष्ठता थियो । स्व .पौडेलको निधन हुनु भन्दा पहिले २७ दिन अघी मात्रै ( सेप्टेम्बर ३०) मा उहासँग मेरो अन्तिम सम्वाद भएको रहेछ । उहाले सम्वादमा जहिले पनि एक्लै नबस्नुस् , छोरा या छोरीसँग बस्नुस् , आफ्नो प्रतिभालाई नगुमाउनुस् भन्नु हुन्थ्यो । तर उहाले आफु सिकिस्त विरामी भएको जानकारी भने दिएका थिएनन ।

अनेसास जापानले ' वेद पौडेल स्मारिका' साहित्यक पुरस्कार घोषणा गर्‍यो-

 

गत जनवरी १३ गते स्व.पौडेलको स्मृतीमा श्रद्दान्जली सभा सम्पन्न गर्दै स्व. पौडेलको स्‍मृतिमा ५०,००० एन राशिको ‘वेदप्रसाद नव युवा साहित्य पुरस्कार’ को स्थापना गरेको छ । साहित्य पुरस्कार’ को स्थापना गरिएको घोषणा संस्थापक अध्यक्ष डा. कुमार बस्नेतले गरेका छन। यो पुरस्कार जापान भित्र रहेर साहित्य लेखन र सिर्जनामा योगदान पुर्याउने युवा पुस्तालाई हरेक वर्ष दिइनेछ । डा.बस्नेत नेपाल जापान डट कमका संस्थापक प्रधान सम्पादक र अनेसासका जापान च्याप्टरका संस्थापक अध्यक्ष भएकोले  स्व. पौडेलका जापानमा हुने हरेक कृयाकलापका हितैषी सहकर्मी थिए ।

 

अनेसास जापान च्याप्टरले पूर्व अध्यक्ष स्व. पौडेलको स्मृतीमा तस्बिरमा पुष्प अर्पण गरी शोक तथा श्रद्दान्जली सभा सम्पन्न गर्दै सो कार्यक्रममा स्व.वेदप्रसाद पौडेलको जापान बसाइ र साहित्यिक योगदानको बारेमा चर्चा गरीनुको साथै वहाँको सम्झनामा एक मिनेट मौन धारण गरीएको थियो ।
संस्थापक अध्यक्ष डा. कुमार बस्नेतको प्रमुख अाथित्यता भएको कार्यक्रममा अमेरिकाबाट आएका अनेसास बोर्ड अफ ट्रस्टि ( BOT ) का नवनिर्वाचित कोषाध्यक्ष राम लामा ‘अविनाशी’ को बिशिस्ट आतिथ्यता रहेको थियो । साथै केन्द्रीय वरिस्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ संस्थापक शरदकुमार गौचन, अग्रज जिज्ञानकुमार थापा, पूर्ब अध्यक्ष द्वय बेलुक़ाज़ी थापा, आलोक चालिसे, सल्लाहकार पुस्करजंग थापा ,  रामजङ्ग कार्की, राज कुमार पन्डित्, यमकान्त कन्डेल लगायतको आथित्यता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष दीप पाठकको सभापतित्त्वमा सम्पन्न भएको थियो ।

बोर्ड अफ ट्रस्टिका नवनिर्वाचित कोषाध्यक्ष राम लामा ‘अविनाशी’ लाई अनेसास जापानको तर्फबाट अध्यक्ष दीप पाठकले खादा ओढाएर स्वागत तथा सम्मान गर्नुभएकोथियो साथै डा. कुमार बस्नेतलाई केन्दिय पुरस्कार समिति सदस्यमा चयनहुनु हुनुभएकोमा खादा ओढाएर बधाई ज्ञापन गरिएकोथियो । श्रद्दान्जली तथा शोक सभा पश्चात कार्यक्रमको दोस्रो सत्रमा कवि गोस्ठीको आयोजना गरिएको थियो । कार्यक्रममा सचिव रबिन शर्माको स्वागत मन्तव्य रहेको थियो भने महासचिब अरुण पौडेलले कार्यक्रम सन्चालन गरेका थिए। तस्विर: हेमन्त गिरी

   


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.