प्रेमिला गौचन ,
टोकियो , जापान ।
नेपाली अक्षरको पहिलो अनलाइन पत्रिका नेपाल जापान डट कमका संस्थापक सम्पादक तथा अनेसास जापानका दोस्रो कार्यकाल (२००५~२००७) का अध्यक्ष ई.वेद पौडेलको ४७ वर्षको अल्पायुमै उहाको निवास काठमाँडौंमा निधन भएको छ।
स्याँङ्जाको, आँधिखोला गाउँपालिका चिलाउनेबासमा सन १९७२ ओक्टूवर १६ मा जन्मनु भएका पौडेल गत साता २८ डिसेम्वरमा उहाको निवासमा निधन भएको उहाका पारिवारिक सुत्रले जानकारी दिएको हो ।
दाँयाबाट बाँयातर्फ:
एनआरएन जापानका पूर्व अध्यक्ष देवमान हिराचन , पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल , अनेसास जापानका संस्थापक अध्यक्ष डा. कुमार बस्नेत , नेपाली राजदूतावासका प्रतिनिधि र अन्तिममा स्व.पौडेल ,लक्ष्मी जयन्तिको अवसरमा :
सन २००३ देखी सन्चालनमा आएको यस न्युज पोर्टलका डा.कुमार बस्नेत संस्थापक प्रधान सम्पादक तथा अन्तराष्ट्रिय साहित्य समाज जापान ( अनेसास )का संस्थापक अध्यक्ष हुनुहुन्छ भने दोस्रो कार्यकाल ( २००५~२००७ ) लागि अनेसासमा पौडेल अध्यक्ष हुनुहुन्थ्यो।
जापानबाट संचालित पहिलो अनलाइन न्युज पोर्टल नेपाल जापान डट कम डा.कुमार बस्नेत ,स्व.पौडेल तथा अन्य व्यक्तित्व सहितको संयुक्त पहलमा टोकियोको ताकातान्बाबास्थित शरद शेरचनको निजी यती रेस्टुरेन्टमा जापानका लागि नेपाली राजदूत डा.केदार भक्त माथेमाले उद्घाटन गरी सन्चालनमा आएको हो ।
त्यसपछी सन् २००५ मा जापानकै अर्को अनलाईन पत्रिका समुद्रपारी डट कम सन्चालनमा आएको हो । यसको सुरुवात तत्कालीन पत्रकार महासंघका अध्यक्ष बिष्णु निष्ठुरिले उद्घाटन गरी सन्चालनमा आएको हो।
त्यसपछी नेपालमा पनि कान्तिपुर लगायत थुप्रै नेपाली फन्टका अनलाइन पत्रीकाहरु सन्चालनमा आएका हुन ।
अनेसासका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तथा अनेसास जापानका पूर्व अध्यक्ष प्रकाश पौडेल 'माइला' स्व. पौडेलसँग पछिल्लो समयका तस्विर:
करिव २ वर्ष अघीदेखी उपचारकै क्रममा नेपालमा उहाको आफ्नै परिवारसङगै बस्दै आउनु भएको थियो ।
उहाको श्रीमती अन्जु ,१५ वर्षिय एक छोरा अमुल्य र छोरी छन ।
पौडेल उच्च शिक्षा अध्ययनको क्रममा काठमान्डौमा हुनुहुन्थ्यो । नेपालमा स्नातकको अध्ययनपछी जापान सरकारको मुनबुशो छात्रावृतिमा जापानमा अध्ययन गर्नु भएको थियो । स्मरणीय छ, यस छात्रावृतिमा आवास, खाना तथा मसलन्द खर्च सहित नेपाली करिव डेड लाख सम्मको नगद रकम दिने प्रावधान छ ।
जापानको अध्ययन पश्चात फुजित्सु कम्पनिमा वरिष्ठ कम्प्युटर इन्जीनियर पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँ जापानको सफल व्यक्तित्व भएकोले नेपालीको उदाहरणीय हुनुहुन्थ्यो ।
श्रीमती अन्जु ,छोरा अमुल्य र छोरीसंग स्व. वेद पौडेल
जापानमा स परिवार सहित स्थाई बसोबास तथा एजुकेन भई सकेका पौडेल पछिलो समय उहा स्ट्रेस विरामीका कारण नेपालमा धेरै र जापानमा कम बस्ने गर्नुहुन्थ्यो ।
करिव २ वर्ष अघि उहा जापान स्थित साइतामा केनको निशिखावागुचिमा आफ्ना भतिजहरुसँगै बस्नु हुन्थ्यो र शिनागावाको सोनी कम्पनिमा कार्यरत हुनुहुन्थ्यो ।
स्व.पौडेल मिलनसार , मृदुभाषी तथा सहयोगी भावनाको व्यक्तित्व हुनु हुन्थ्यो ।
अनेसास जापानका वर्तमान अध्यक्ष दीप पाठकको हस्ताक्षरित एक प्रेस विज्ञप्ति जारी गरी पौडेल प्रती हार्दिक श्रद्दान्जली व्यक्त गरेको छ ।
बाबु, आमाका साथ:
# एभरेस्टफुजीन्युज डट कम परिवार पनि हार्दिक श्रद्दानजली अर्पण गर्दछ #