टोकियो ।
पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको आयाजनामा यहि मिति २०१८ डिसेम्बर ३० तारिख जापानमा रहेर नेपाली साहित्य र श्रृजनामा सक्रिय श्रष्टाहरुलाई थप हौसला प्रदान गर्ने उद्देश्य सहित “नेपाली कविता प्रतियोगीता” जापानको टोकियोमा सम्पन्न भएको छ।
केन्द्रका अध्यक्ष सुभाष लोहनीको सभापतित्व र अनेसास केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माईला’, को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रकाश पौडेल “माईला”, अनेसास जापानका पूर्व अध्यक्ष बेलु थापा र साहित्यकार भुवन रोकाले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा तीन दर्जन जति श्रष्टाहरुका कविता प्राप्त भएका थिए। ती मध्ये २२ वटा कविताहरु प्रतिस्पर्धामा बाचनको निम्ति छानिएका थिए। सहभागी श्रष्टाहरुका कवितामा रविन्द्र दिखुक्पाको “एकबिटो सपना”, सबिना रेग्मीको “आमा रुवायौ भने”, बिमन किरातीको “प्रवासि चराको सपना” र दिप मुस्कानको “सुन्दर नेपाल” क्रमश: प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्दै ३१,०००, २१०००, ११,००० र ७,००० जापानी एन प्रमाण पत्र र मायाको चिनो प्राप्त गरेका थिए। अन्य प्रतिस्पर्धी श्रष्टाहरु: सन्तोश सापकोटाले “बलात्कृत बालिका”, शिवराज वि क ले “अभाव छ” , गंगा गगनले “बिहान”, अशोक कार्कीले “प्रवासीको तिमीलाई”, सुगम साकुराले “आमाहरुको देश”, मेघनाथ खरालले “कबीको गूनासो”, नविन दाहालले “स्वतन्त्र” राजन आचार्यले “मेरा बा निरक्षर थिए तर अनपढ थिएनन्”, सुनिल घिसिगंले मेरो “प्यारो हजुर बुवा” बिमला साउद उर्फ़ – निभाले “सोध” भुवन निरौलाले “सेभेन ईलाभेनको एउटा लन्चबक्स” र राजेन्द्र पौडेलले “बैकल्पिक वार्तालाप” कविता बाचन गरेका थिए। आयोजकले सम्पूर्ण सहभागीहरुलाई प्रमाण पत्र र मायाको चिनो प्रदान गरेको थियो।

कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दै कार्यक्रमका अतिथि तथा अनेसास जापानका अध्यक्ष दिप पाठकले साहित्यिक कार्यक्रममा अनेसासले सहकार्य गर्ने कुरा ब्यक्त गरेका थिए र अप्रतियोगी कविता समेत बाचन गरेका थिए। अनेसासका पुर्व अध्यक्ष तथा संरक्षक कार्यक्रमका निर्णायक बेलु थापाले कार्यक्रमको सुरुवाती चरणमा सम्पूर्ण श्रजकहरुलाई कविता प्रतियोगिताका परिधिहरु प्रश्ट पार्दै अनेसास जापानसगं हातेमालो गरेर साहित्यिक कार्यक्रमहरु आयोजना गर्ने हो भने अझै प्रभावकारी हुने बताएका थिए। थापाले अन्त्य तिर बोल्ने क्रममा कार्यक्रम सफल रहेको भन्दै आफ्नो रचना समेत सुनाएका थिए। साहित्यकार तथा कार्यक्रमका निर्णायक भुवन रोकाले निर्णय सुनाउने क्रममा साहित्य प्रतिस्पर्धा नभएको र हरेक श्रृजनाहरुको आ-आफ्नो ठाउमा महत्वपूर्ण भावसहित समाज परिवर्तनमा योगदान रहेको हुन्छ भन्दै आफ्नो कविता बाचन गरेर सुनाएका थिए। अनेसास केन्द्रीय समितीका बरिष्ठ उपाध्यक्ष, कार्यक्रमका प्रमुख अतिथि र निर्णायक समेत रहेका प्रकास पौडेल “माइला” ले सबै सहभागीहरुलाई शुभकामना सहित प्रवासमा यस्ता कार्यक्रमहरु आयोजना गर्न गार्हो हुनेभए पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्दै नेपाली साहित्य प्रबर्धनमा सबैले योगदान गर्नुपर्ने कुरा राखेका थिए र आफ्नो हाइकु बाचन गरेका थिए।
कार्यक्रमको समापन गर्दै केन्द्रका अध्यक्ष सुभाष लोहनीले केन्द्रले बिगतमा गरेका कार्यहरु प्रस्ट पार्दै जापानमा रहेका साहित्यकारहरुलाई हौसला र सम्मान गर्न यस्ता कार्यक्रमहरु आबस्यक रहेको र आगामी दिनहरुमा पनि जापानका अरु संघ संगठनहरुसग सहकार्य गर्दै यस्ता कार्य्रमहरु गर्ने कुरा प्रष्ट पारेका थिए। केन्द्रका सचिव तथा कार्यक्रम संयोजक कुमार वनले सन्चालन गरेको यस कार्यक्रममा सहसचिव गणेश बिष्टले स्वागत मन्तब्य ब्यक्त गरेका थिए।
