जापानमा पहिलो पटक हाइकु सम्मेलन हुँदै , सम्मेलनमा नेपाल र बेलायतबाट जम्बो टोली जापानमा
Everest Fuji News२०७५ आश्विन १३ मा प्रकाशितPublished at 2018 Sep 29
टोकियो, सेप्टेम्वर २९ शनिवार ।
साहित्यमा आफ्नो छुट्टै पहिचान राखेको हाइकु जो ५ -७-५ अक्षरले बनेको हुन्छ । यसको महत्व अन्तरराष्ट्रिय रुपमा व्यापकता बढ्दो छ । विगत २ दशक अघि वरिष्ठ साहित्यकार स्व.क्षेत्र प्रताप अधिकारीका हाइकुहरु जापानी साहित्यमा पनि पढ्न सकिन्छ । त्यस पछीका हाइकुकारहरुले जापानी तथा अन्तरराष्ट्रिय सन्जालमा कत्तिको योगदान दिए ।त्यसको अभिलेख कतै सुन्न पाइएको छैन ।
तर भोली हुँदै गरेको अन्तरराष्ट्रिय स्तरको हाइकु सम्मेलनले नयाँ युवामा पलाएको हाइकु लेखनलाई पक्कै पनि नयाँ दिशामा पुर्याउने लक्ष लिएको छ ।
हाइकुको उद्गगमस्थल जापानमा अनेसास जापान च्याप्टर र नेपाल हाइकु केन्द्रको संयुक्त आयोजनामा भोली आइतवार सोलमारीको मुरा हलमा वृहत हाइकु सम्मेलन हुँदैछ ।
सम्मेलनमा हाइकुप्रेमी तथा साहित्यमा रुचि राख्ने सम्पुर्ण जापानवासी नेपाली तथा जापानीलाई आयोजक तथा अनेसास तथा अन्तरराष्ट्रिय अनेसास वरिष्ठ उपाध्यक्ष ' प्रकाश पौड्याल माइला' ले हार्दिक आमन्त्रण गर्नु भएको छ ।
साहित्यकार माइलाले हाइकुमा राम्रो कलम चलाउने व्यक्तित्व हुनु हुन्छ । उहाले जापानमा हाइकु लेखनलाई अती नै सम्मान गर्ने भएकोले जापानी साहित्यमा अझ यसको बढी महत्व रहेको बताउनु भएको छ । उहा थप्नु हुन्छ ' हाइकुको माध्यमबाट नेपालमा पर्यटन भित्र्याइ नेपालको आर्थिक लाभमा टेवा मिल्ने बताउनु हुन्छ ।
हाइकु सम्मेलनको लागि नेपालबाट नेपाल हाइकु केन्द्रका अध्यक्ष राम कुमार पाण्डे ,आस्विनी कोइराला, शिरोमणी दवाडी , किरण पौडेल र विजय राज आचार्य टोकियो आइ पुगेका छन ।
त्यस्तै बेलायतबाट कृष्ण बजगाँई र एहिमे जापानबाट प्रभा बराल जापान आइ सक्नु भएको छ ।
आज शनिवार बेलुका उहाँहरुसँग मुरा हलमा परिचयात्मक तथा रात्री भोजको कार्यक्रम रहेको छ भने भोली सोही हलमै हाइकु सम्मेलन हुनेछ । रात्री भोजमा जापानमा सकृय पत्रकारहरुलाई निशुल्क गरिने आयोजकले जनाएको छ ।
विसं २०६२ सालमा नेपालमा हाइकु सम्मेलन भएको थियो । त्यस पश्चात अहिले जापानमा हुँदैछ ।
त्यस्तै ओक्टूवर ४ तारिखमा ओवासिस क्याफे , मोमोदानी , ओसाकामा अन्तरराष्ट्रिय हाइकु सम्मेलन गरिने आयोजक सँस्थाका पुरुशोत्तम लामिछानेले बताउनु भएको छ ।