प्रेमिला गौचन , जापान ।
अनेसासको आयोजनामा भारतको सिक्किममा तेश्रो अन्तरराष्ट्रिय महिला साहित्य सम्मेलन भव्यताका साथ भईरहेको अनेसासका केन्द्रिय उपाध्यक्ष राधेश्याम लेकाली( नेपाल ) को फेसबूकमा अपडेटहरु भई रहेका छन।
सम्मेलनमा अनेसासका केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा ( अमेरिका ) ,अनेसास जापानका संस्थापक तथा सल्लाहाकार सुश्मा ओमाता तथा साहित्यकार लोकनाथ अधिकारीले प्रतिनिधित्व गरेका छन ।
हिजो र आज ( मार्च २४ र २५ तारिक ) मा सम्पन्न अनेसास केन्द्रीय महिला समितिका अध्यक्ष भारती गौतम, अनेसास सिक्किम च्याप्टरका अध्यक्ष एबम सम्मेलनको सन्योजक पुष्पा शर्मा लगायत अन्य देशका साहित्यकारहरु पनि सम्मेलनमा सहभागी भएका छन ।
३ वर्ष अघी जापानमा अन्तरराष्ट्रिय साहित्य सम्मेलन हुँदा सिक्किमका कवियत्रीहरु पनि सहभागी भएका थिए । उनिहरु नेपाली साहित्यमा विद्यावरधी सहित प्राध्यापन पेशामा आवद्द भएका ३ जना महिला साहित्यकारहरु जापान आउँदा तातेशिना हाइकु सम्मेलन पनि भएको थियो ।
सम्मेलनमा त्रिवि केन्द्रिय विभागका प्रमुख खगेन्द्र लुइटेल पनि सहभागी भएका छन ।
उक्त अवसरमा सँकलन गरेको सङ्रह तथा सम्पादन अनेसास केन्द्रिय उपाध्यक्ष जापान च्याप्टरका प्रकाश पौडेल ( माइला ) द्वारा गरेको कृति नै आगामी मार्च १ तारिख हाराजुकुमा साकुरा फूलहरुको फेदमा विमोचन गर्ने कार्यक्रम रहेको छ ।