नेपाल र भारतका पुल थिए साहित्यकार राई

Everest Fuji News २०७४ फाल्गुन २२ मा प्रकाशित       Published at 2018 Mar 06


विर्तामोड- साहित्यकार इन्द्रबहादुर राईको निधनले नेपाली साहित्यले नेपाल र भारतको सेतु गुमाएको नेपाली साहित्यकारहरुले बताएका छन्। उनले भारतको दार्जीलिङमा बसेर नेपालीलाई साहित्यमा दिएको योगदान अतुलनीय रहेको साहित्यकारहरुको भनाइ छ। उनी आयमेली लेखक थिए। उनी समकालिन साहित्यका चिन्तक थिए। उनले इलामको करफोकमा पनि आएर केही समय पढाएको स्मरण गर्छन् साहित्यकार तथा पत्रकार चन्द्र भण्डारी। उनले भने, ‘साहित्यमा त्यतिको चिन्तक मैले कमै देखेको छु। उहाँको निधनले नेपाली साहित्य क्षेत्रमा अपुरणीय क्षति भएको छ। नेपाली साहित्यका धरोहर! साहित्यकार राई लीला लेखनका प्रणेता पनि थिए। कथा, निवन्ध, उपन्यास, समालोचना तथा नाटकमा उनको कलम चल्थ्यो। उनी साहित्य एकादेमी पुरस्कार पाउने पहिलो नेपाली साहित्यकार पनि थिए। उनी भारतमा गोर्खाहरुको छुट्टै स्वायत्त राज्य गोर्खाल्याण्ड चाहिन्छ भन्ने साहित्यकारहरुमध्ये अग्रपंक्तिमा थिए। उनको ९० वर्षको उमेरमा मंगलबार साँझ दार्जिलिङमा निधन भएको छ।  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.