चोरै चोरको हाम्रो देश नेपाल
कोहि साना चोर, कोहि ठुला चोर
कोहि त चोरहरुको पनि चोर।
जता हेऱ्यो तेतै चोर
कोहि देखिने चोर कोहि नदेखिने चोर
कोहि संघर्षरत चोर कोहि स्थापित चोर
पक्षमा पनि चोर विपक्षमा पनि चोर
थुन्न मिल्ने पनि चोर थुन्न नमिल्ने पनि चोर
सेता भेषमा चोर, काला भेषमा चोर।
जित्ने पनि चोर जिताउने पनि चोर
सम्मान पाउने सम्मान दिने दुवै चोर
गांउ घरमै चोर राष्ट्रीय स्तरमा चोर।
जता हेऱ्यो तेतै चोर
अनि फेरि जो चोर उसैको ठुलो स्वर
बिचरा हाम्रो नेपाल, देशै भरि चोरै चोर।
जीवन गुरुङ ,कास्की पोखरा
हाल : टोकियो ,जापान ..