टोकियो।अन्तराष्ट्रिय नेपाली साहित्य समाज, जापान च्याप्टर र राष्ट्रिय लोक दोहारी गीत प्रतिष्ठान जापान शाखाको आयोजनामा आइतबार टोकियोको सिनओकुवो स्थित एक सभाहलमा रामकृष्ण बम मल्लद्धारा संगीतबद्ध आधुनिक गीति एल्बम ‘सहयात्रा’को सार्वजनिक गरिएको छ ।
“सहयात्रा”मा जापानमा रहेका सर्जकहरु नारायण कँडेल, लक्ष्मण कार्की, रविन शर्मा,दिप पाठक,अरुण पौडेल लगायतले शब्द सिर्जना रहेको छ भने मल्लको एकल संगीत रहेको छ ।एल्बममा रामकृष्ण ढकाल, समुन केसी, सुरज थापा, राज सिग्देल, जुनु रिजाल, श्रीकृष्ण बम मल्ल, मेनुका पौडेल, र उत्तम खड्काले स्वर दिएका छन् । “सहयात्रा”आर.एस डिजिटलले बजारमा ल्याएको हो ।
एल्बिमको हि मोचन , जापानमा रहेका चर्चित सितारबादक सुस्मा ओमाता, ईश्वर गुरुङ,मोहन घले,डिपी कंडेल, युवराज आचार्य ,प्रकास माइला र संगीतकार स्वयं रामकृष्ण बम मल्लले सयुंक्त रुपमा गरेका थिए ।
मल्ल प्रवासमा रहेर पनि नेपाली गित संगीतमा निरन्तर लागिरहेका संगीतकर्मी हुन । उनी लोकदोहोरी, सुगम संगीत तथा राष्ट्रिय गीतहरुमा निक्कै अब्बल श्रष्टाकारुपमा परिचित छन् । गायन तथा संगीत दुवै विधामा समान कुशलताका धनि मल्लका यस “सहयात्रा”मा भने केवल संगीत मात्र सुन्न सकिने छ । दृश्य निर्माणको क्रममा रहेको एल्बमको अडियो संस्करण मात्रा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा जापानमा उपलब्ध बिभिन्न संस्थाका प्रतिनिधि, पत्रकार, राजनीतिक संगठनका प्रतिनिधि लगायत संगीत र साहित्यप्रेमीको उल्लेख्य उपस्थिती रहेको थियो ।