न रवीन्द्रले महाकाली बेचे;
न कर्णाली र कोशी !
न रवीन्द्रले भएका उद्योग कलकारख़ाना डुबाए,
न गरे कुनै झूठको खेती !
न रवीन्द्रले बन्दूक़ बोक्न सिकाए
न खाए लड़ाकूको पैसा
न रवीन्द्रले लाउड़ा र मेलम्चि पिए
न मारे मदन र राजा ;
न रवीन्द्रले शिक्षकको घाँटी रेटे
न पारे पत्रकारलाई टुक्रा
न रवीन्द्रले पानीजहाज़ र चुच्चे रेलका हावा फलाके
न गरे स्विज़रल्यान्डका कुरा !
देश भोगेको,विदेश देखेको
राम्ररी पढ़ेको,ईमानले अघि बढेको
पेशामा हुन्जेल
राजनीतिलाई घच्घच्याएको
निवृत्त जीवनमा
फोहोर सफ़ा गर्न आएको
एक बौद्धिक देशभक्त र स्वाभिमानीलाई
तिमी डलरे,परिचालित वा दलाल देख्छौ भने
सबै भन्दा अज्ञानी र पशु त तिमी रहेछौं भाई
फोहोर खोरको सूँगुर त तिमी रहेछौ दाई
नालीमा मोटाएको किरा त तिमी रहेछौ मामा
देश चूसेर ढाडिएको जुका त तिमी रहेछौ काका !
नारिसाऊ है,
मैले त तिमीलाई यस्तै देखें ;
नत्र मान्छे हौ,घाँस खान्नौ
अलिकति गिदी छ र सोच्न सक्छौ भने
केहि समय त पर्ख
जितेछन भने काम हेर
राम्रो भए वाह भन
नराम्रो भए गाली गर ;
चुनाव अर्को पनि आउँछ
जिताउ वा हराऊ !
अहिल्यै किन अत्तालियौ ?!
तिम्रो नर्क सफा गर्ने कोहि
राजनीतिमा आए भनेर
सूँगूरले आची खान
पाउन्न कि भनेर
कि तिमीले अहिले नै छोड्यौ र
अलिअलि कट्टूमा !?
-हेमन्त गिरी,परदेशबाट