अनेसास , जापान च्याप्टरमा घिमिरेलाई नै अध्यक्ष निरन्तरतामा लबिङ ,अधिबेशनमा ३ वटा कृति बिमोचन हुने -

Everest Fuji News २०७४ कार्तिक २६ मा प्रकाशित       Published at 2017 Nov 12


प्रेमिला गौचन टोकियो , जापान । आइतवार , कार्तिक २६ । अन्तरराष्ट्रिय साहित्य समाज , जापान च्याप्टरमा बिष्णु प्रसाद घिमिरेलाई नै अध्यक्षमा निरन्तरता दिनु पर्ने कार्यसमिती र अग्रजहरुले अनुरोध गरेका छन । घिमिरेलाई २ वर्षे कार्यकालमा अनेसासमा गरेको कामहरुलाई मुल्याङ्कन गरी समितिका पदाधिकारीले अनुरोध गरेको हो । यद्दपी घिमिरे टोकियो भन्दा २०० किलोमिटर टाढा नागोयामा बसोबास गर्ने भएकोले जती पनि साहित्यिक गतिबिधि टोकियोमा केन्द्रित हुने भएकोले आनाकानी गर्नु भएको छ साथै उहाले साहित्य तथा च्याप्टरमा सबैलाई योगदान दिने सबैलाई स्रष्टालाई सम्मान गर्नु पर्ने सुझाव दिनु भएको छ । यदी उहाको प्रस्ताव अन्य स्रस्टाले स्विकार्य भएमा हालका वहाल वाला महासचिव दिप पाठक अध्यक्ष हुने प्रस्तावना छ । दिप पाठक पनि साहित्यमा राम्रो छवी बनाएका युवा स्रष्टा हुन । च्याप्टरले गर्ने नियमित ३, ३ महिनामा गरिने साहित्यिक कार्यक्रमलाई सम्बोधन गर्न पनि नागोयाबाट टोकियोमा नियमित सहभागी जनाउनु भएको छ भने घिमिरेले आफ्नो कार्यकालमा ' एक्लो विजेता' नामक कबिता सँग्रह पनि आज च्याप्टरको अधिवेशनमा विमोचन गर्ने भएको छ । यसको साथै चौथो अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन -२०१५ जापानमा भएका गतिबिधिको सँगालो ' नेपाली डायस्पोरा ' यसको सम्पादन केन्द्रिय उपाध्यक्ष प्रकाश पौडेल ' माइला' ले गर्नु भएको छ । र हरिश इशानको ' आस्था ' कथा सँग्रह गरी ३ वटा कृति विमोचन हुने कार्यक्रम रहेको छ । घिमिरेको पालामा अनेसासको अन्तरराष्ट्रिय सन्जाल बलियो बन्दै गएको छ । केन्द्रिय बोर्ड अफ ट्रस्टिका सदस्य तथा केन्द्रिय उपाध्यक्ष जापान च्याप्टरका प्रकाश पौडेल ' माइला' ले साहित्यमा योगदान दिएका तथा साहित्यलाई माया गर्ने सबै जनालाई नयाँ सदस्यको लागि आव्हान गर्नु भएको छ । च्याप्टरले नयाँ सदस्यका लागि १० हजारबाट १२ हजारमा वृध्दि गर्ने हिजोको कार्यसमितिको बैठकले तोकेको छ । जुन गतिबिधिबाट च्याप्टरमा आम्दानी भए आधा हिस्सा अनेसास केन्द्रमा पठाउनु पर्ने प्रावधान छ । बैठकले हाल ७ जनाको कार्यसमिति चयनमा थप गरी अध्यक्ष , उपाध्यक्षमा २ सहित मनोनित ३ र निर्वाचित ७ जना सदस्य थप गरी १७ जना पुर्याउने प्रस्ताव पनि पारीत गरेको छ । निर्वाचन समितिमा डा.कुमार बस्नेत , बेलुकाजी थापा र दिनेशराज ज्ञवाली रहेका छन । च्याप्टरले ३ पटक सम्म अन्तरराष्ट्रिय बेस्ट च्याप्टर पुरस्कार पनि प्राप्त गर्न सफल भएको छ । केन्द्रिय अनेसास सन २००३ मा अमेरिकाको वासिन्टन डिसिमा होमनाथ सुबेदिको अध्यक्षता गठन भएको थियो भने हाल केन्द्रिय अध्यक्षमा पदम विश्वकर्मा ( अमेरिका ) कार्यरत हुनु हुन्छ । यसको विस्तार जापान , बेलायत , अष्ट्रेलिया , दक्षिण कोरिया लगायत अन्य देशमा पनि बिस्तार हुँदैछ । जापानमा पनि सन २००३ मै च्याप्टरको रुपमा डा. कुमार बस्नेतको पालामा सस्थापक अध्यक्ष हुनु हुन्छ भने वेद प्रसाद पौडेल , बेलुकाजी थापा,दिनेशराज ज्ञवाली, प्रकाश पौडेल ' माइला' आलोक चालिसे र बिष्णु प्रशाद घिमिरे क्रमश: अध्यक्ष भएका हुन । त्यस्तै बोर्ड अफ ट्रष्टिमा देवमान हिराचन, भवन भट्ट ,डा.कुमार बस्नेत प्रकाश पौडेल 'माइला ' र बिष्णु प्रसाद घिमिरे रहेका छन ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.