प्रधानमन्त्रीसंग स्पेन भ्रमणका गएकाहरु नफर्किएको भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको आरोप प्रति एमालेको आपत्ति

Everest Fuji News २०८२ असार २४ मा प्रकाशित       Published at 2025 Jul 08


काठमाडौं/


नेकपा एमालेले प्रधानमन्त्रीसंग स्पेन भ्रमणका गएकाहरु नफर्किएको भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको आरोप प्रति आपत्ति जनाएको छ । 

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद सोबिता गौतमले स्पेन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसंगै गएका केहि व्यक्तिहरु नफर्किएको आरोप लगाएपछि एमालेले सो आपत्ती जनाएको हो । बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको भ्रमणबारे रास्वपा सांसदको अभिव्यक्ति निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन माग गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीको साथमा गएर नफर्कनको नामबारे संसदलाई जानकारी गराउन समेत चूनौति दिनुभएको छ ।

बैठकमा सरकारप्रति उठेका बिषयलाई दलका सांसदले जवाफ दिएको भन्दै माओवादी सांसदहरुले आपत्ति जनाएका थिए । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसदले सरकारसंग माग गरेको प्रश्नको जवाफ सरकारकातर्फबाट प्रधानमन्त्री र मन्त्रीहरुले दिनुपर्ने बताउनुभएको छ ।

उहाँले सरकारको दवावमा संसदको कार्यसूची हटाउने काम भएको भन्दै सदनलाई हेप्ने काम भएको समेत जिकिर गर्नुभएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.