वैदेशिक रोजगारीमा जानेको सख्या १२ प्रतिशतले बढे

Everest Fuji News २०८२ जेठ ७ मा प्रकाशित       Published at 2025 May 20


वैदेशिक रोजगारीमा जानेको सख्या १२ प्रतिशतले बढेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

बैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ को १० महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सख्या ११ दशमलव ९१ प्रतिशतले बृद्धि भएको जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६ लाख १२ हजार ९१० जनाले श्रम स्वीकृति लिएका थिए । भने चालु आवको यस अवधिमा ६ लाख ८५ हजार ९२४ जनाले श्रम स्वीकृति लिएर विदेशिएको विभागले जनाएको छ । यो संख्या गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ७३ हजार ४०३ जनाले बढी रहेको समेत विभागले जनाएको छ । चालुु आर्थिक वर्ष २०८१÷८२ को १० महिनामा सबैभन्दा बढी सख्याले मंसिरमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको मसिरमा ८४ हजार २२७ जना र सबैभन्दा कम असोजमा ५३ हजार ४२५ जनाले श्रम स्वीकृति लिएको तथ्याङक विभागले सार्वजनिक गरेको छ । विभागका अनुसार साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३ र कात्तिकमा ७० हजार ९९० जना श्रम स्वीकृति लिएर विदेशिएको बताएको छ । यस्तै पुसमा ६७ हजार १५३, माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको रेडर्कमा उल्लेख गरिएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.