लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग क्रिकेटको प्लेअफ दौडबाट बाहिरिए

Everest Fuji News २०८२ जेठ ७ मा प्रकाशित       Published at 2025 May 20


काठमाडौं/


लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफ दौडबाट बाहिरिएको छ ।लखनउले दिएको २ सय ६ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गरेको थियो । त्यसअघि टस हारेर ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियो । लखनउले १२ खेलबाट १० अंक बनाएको छ भने प्लेअफ पुग्नबाट पहिले नै बाहिरिसकेको हैदराबादको समान १२ खेलमा ९ अंक रहेको छ ।।

सनराइजर्स हैदराबादसँग हिजो ६ विकेटले पराजित भएपछि लखनउको प्लेअफ बाट बाहिरीन पुगेको हो । अब दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स प्लेअफमा पुगेका छन् । गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेङ्गलुरु र पन्जाब किङ्ग्स यसअघि नै प्लेअफमा पुगिसकेका छन् । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.