राष्ट्रिय स्वतन्त्र पार्टीकी महामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा

Everest Fuji News २०८२ बैशाख ४ मा प्रकाशित       Published at 2025 Apr 17


काठमाडौँ/


राष्ट्रिय स्वतन्त्र पार्टी की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ ।रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले संसदीय मोर्चामा नै सक्रियताका साथ लाग्ने भनेर श्रेष्ठले दिएको राजीनामा स्वीकार भइनसकेको बताउनुभएको छ । रास्वपामा कबिन्द्र बुर्लाकोटी कार्यवाहक महामन्त्री र सुमनासँगै विपिन आचार्य सहमहामन्त्री छन् । पार्टी सभापति रवि लामिछाने पक्राउ पर्नुअघि बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा दिएको राजीनामाबारे आजको केन्द्रीय समिति बैठकमा छलफल हुने रास्वपाले जनाएको छ ।

अदालतको आदेशमा धरौटीमा छुटेर आएपछि उपस्थित भएको पहिलो बैठकमा सभापति रवि लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताएलगत्तै सुमनाले सहमहामन्त्री पदबाट राजीनामा दिनुभएको थियो । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.