अर्घाखाँची ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित : प्रधानमन्त्री

Everest Fuji News २०८१ चैत्र २६ मा प्रकाशित       Published at 2025 Apr 09


प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित गर्दै यही भूमि विश्वव्यापी ज्ञानको सुरुवात गर्ने ठाउँ भएको बताउनु भएको छ । 

अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को बुधबार उद्घाटन गर्नेक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले पाणिनिको जन्मस्थान अर्घाखाँची भएकोमा कुनै शंका समेत नरहेको बताउनु भएको छ । उहाँले पाणिनिको योगदान असाधारण रहेको उल्लेख गर्दै अष्टाध्यायी मार्फत संस्कृत व्याकरणको तीन हजार नौ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भरहेको दाबी गर्नुभएको छ । उहाँले पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुवातसँगै सङ्गीत र लयको विकास भएको समेत बताउनु भएको छ । उहाँले पाणिनिले मात्र नभई अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिलाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिने समेत बताउनु भएको छ । प्रधानमन्त्री ओलीले पाणिनिको जन्म पाकिस्तानमा भएको भन्ने भ्रम फैलाएको प्रिित असन्तुष्टी समेत व्यक्त गर्नुभएको छ । उहाँले पाणिनी नेपालमै जन्मीएको दाबी गर्नुभएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.