इङलिस प्रिमियर लिग अन्र्तगत भएको फुटबल खेलमा न्युक्यासलले रेलिगेसनको लेस्टर सिटीलाई ३–० गोलले पराजीत गरेको छ ।
लेस्टरको मैदान किङ पावरमा गएराति भएको खेलमा न्युक्यासलले सो खेल जीतेको हो । सो जीतसंगै १९ औं स्थानमा रहेको लेस्टरको ३१ खेलबाट १७ अंक प्राप्त गरेको छ । न्युक्यासल भने म्यानचेस्टर सिटीलाई उछिन्दै तालिकाको पाँचौ स्थानमा रहेको छ । उसको ३० खेलबाट ५३ अंक रहेको भने छैटौ स्थानमा रहेकोे सिटीले ५२ अंक पाइको छ ।।