संवैधानिक राजतन्त्र र हिन्दु राज्य पक्षमा राप्रपाको खबरदारी सभा

Everest Fuji News २०८१ चैत्र २५ मा प्रकाशित       Published at 2025 Apr 08


काठमाडौं/


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाका लागि पार्टीले गरेको शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न चेतावनी दिनु भएको छ ।मंगलबार काठमाडौंको बल्खुमा आयोजित बृहत खवरदारी सभालाई सम्बोधन गर्नेक्रममा उहाँले सो चेताबनी दिनुभएको हो । उहाँले राप्रपा शान्तिपूर्ण आन्दोलनबाटै आफुहरुको माग पुुरा गर्ने दिशातर्फ अघि बढ्ने भन्दै शान्तिपूर्ण आन्दोलनलाई कमजोरी ठाने सल्लाहमा नै बिद्रोहमा तयार रहेको समेचत बताउनुभएको छ । उहाँ संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुर्नस्थापनाका साथै संघीयता खारेजीको माग गर्नु संगठीत अपराध हो भन्दै प्रति प्रश्न गर्दै उहाले आफ्ना नेताहरुलाई रिहाई गर्न माग गर्नुभयो ।

उहाले चैत्र १५ गते तीनकुने क्षेत्रमा भएको घटनाको निष्पक्ष छानविन गर्दै कारवाहीको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले राजावादीको प्रदर्शनमा राज्यले हिंसा भड्काएका कारण राजनीतिमा नयाँ परिस्थीति उत्पन्न भएको उल्लेख गर्नुभएको छ । शान्तिपूर्ण बाटोबाटै परिवर्तनका लागि हिँडेको भन्दै उहाले सत्ता सधैँभरि आफ्नो हातमा हुन्छ भनेर नसोच्न गणतन्त्र पक्षधर दलहरुलाई चेतावनी दिनुभएको छ । तीनकुने घटनामा प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख नै मुख्य नाइके रहेको समेत उहाँले आरोप लगाउनुभएको छ । उहाँले सोहि दिन भएको आगजनी र तोडफोडको घटनामा राजावादीको कुनै संलग्नता नरहेको बरु घुसपैठीहरुले आतंक सिर्जना गरेको उल्लेख गर्नुभएको छ ।

 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.