काठमाडौं /
नेपाल कबड्डी लिग अन्र्तरगत हिजो भएको खेलमा जनकपुर नाइट्स र काठमाडौं माभरिक्स विजयी भएका छन् ।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हिजो बेलुका भएको खेलमा जनकपुर नाइट्सले तेस्रो जीत हासिल गरेकोे छ । जनकपुरले हिजो विराटनगर ब्यान्डिट्सलाई ४०–३८ को स्कोरमा पराजित गरेको छ । जीतसँगै जनकपुर जारी प्रतियोगितामा तीन खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ । यस्तै त्यसअघि सम्पन्न पहिलो खेलमा काठमाडौले दोस्रो जीत हासिल गरेको छ । काठमाडौले हिमालयन राइडर्सलाई ५६–३४ को स्कोरमा पराजित गरेको हो । जीतसँगै काठमाडौले जारी प्रतियोगितामा तीन खेलबाट ११ अंक जोडेको छ । पराजित हिमालयनको समान खेलबाट पाँच अंक रहेको छ । आज बेलुका साढे ६ बजे धनगढी वाइल्डक्याट्स र पोखरा लेकर्सबीच प्रतिस्पर्धा हुदै छ ।।