राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलनको तयारीमा : लिङ्देन

Everest Fuji News २०८२ असार १९ मा प्रकाशित       Published at 2025 Jul 03


काठमाडौं/


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफुहरु अहिले पनि आन्दोलनको तयारीमा नै रहेको बताउनुभएको छ । 

राप्रपाले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तसंवाद कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले देशमा यथास्थितीको अन्त्य गरेर एउटा नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि नयाँ चरणको आन्दोलनको तयारीमा रहेको बताउनुभएको छ । उहाँले ठिक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा यसअघिको आन्दोलनलाई प्रभावकारी र परिणाममुखी बनाउन नसकेको बताउनुभएको छ । उहाँले पार्टीले गर्ने संगठनको सबै क्रियाकलापहरु आन्दोलनको तयारीको रुपमा नै बुझ्न आग्रह गर्नुभएको छ । उहाँले देशमा भ्रष्टाचार व्याप्त भएकाले सवैमाथि छानविन गरेर दण्डित गर्नुपर्नेमा जोड दिनुभएको छ । 

उहाले बिचौलियाले तय गरे अनुसार कानून बन्ने र नियुक्त हुने देखिएकाले नेतामात्रै फेरेर मुलुकको अवस्थामा कुनै परिवर्तन नहुने जिकिर गर्नुभएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.