काठमाडौं/
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुधरबाबाटै लागु हुने गरि राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्याग गरेको बताउनु भएको छ ।
सरकारले पूर्वराष्ट्र प्रमुखलाई प्रदान गर्दै आएको सेवा सुविधा त्यागेको पत्र उहाँले गृहमन्त्रालयमा बुधबार दर्ता भएसंगै सेवा सुविधा त्याग गरेको बताउनु भएको हो । उहाँको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ । सरकारले प्रदान गरेको सेवा सुविधा परित्याग गर्ने उहाँ सम्भवतः पहिलो नेता रहनु भएको छ । उहाँ सकृय रुपमा नेकपा एमालेको राजनीतिमा फर्किने गत साता घोषणा गर्नुभएको थियो । उहाँलाई पूर्वराष्ट्र प्रमुखको हैसियतमा दिइने सुरक्षा प्रोटोकल अनुसार प्रदान गरिएको सेना तथा प्रहरी भने यथाबत रहने मन्त्रालयले जनाएको छ । उहाँले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक १ लाख ५० हजार रूपैयाँ राज्यले उपलब्ध गराउदै आएको छ । रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई उहाँले स्वकीय सचिवका रूपमा कार्यरत रहनु भएको छ । भने बुधबारदेखिनै राईले सो सुविधा नपाउने भएको छ । यसैगरी, पूर्वराष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीका लागि बस्न घर भाडामा लिइएको छ । पूर्वराष्ट्रपति भण्डारीले अरू पदाधिकारीले जस्तो गाडी सुविधा नलिएपनि २ सय ७ लिटर पेट्रोल मासिक रूपमा उपलब्ध गराइदै आएको छ ।।