वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने : माओवादी

Everest Fuji News २०८२ असार १९ मा प्रकाशित       Published at 2025 Jul 03




नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने दाबी गरेको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाडामा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले सो कुराको दाबी गर्नुभएको हो । उहाँले सरकारप्रति कांग्रेसभित्रै चर्को आक्रोश रहेकाले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने बताउनुभएको हो । उहाँले सरकारलाई लिएर कांग्रेसभित्र चर्को अन्र्तविरोध देखिएकाले सरकारका आयु धेरै दिन छैन भन्ने सहजै अनुमान लगाउन सकिने समेत बताउनुभएको छ । उहाँले आफुहरु सरकार ढाल्ने खेलमा भने नरहेको बताउनु भएको छ । उहाँले संविधान संशोधनको आवरण बनाएर दुई दलको सरकार बनाइएको भन्दै अहिले दुई दलको सरकार अधिनायकवादको दिशातर्फ उन्मुख रहेको जिकिर गर्नुभएको छ । उहाँले वर्तमान सरकार मुलुकको कलंकको रुपमा स्थापीत भइरहेको समेत बताउनु भएको छ । 

उहाँले निजामति विधेयकका बिषयमा सांसदहरुको इमानमाथि प्रश्न उठेको भन्दै यसको जिम्मा संसदको नेतृत्व तहले लिनुपर्ने समेत बताउनुभएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.