जापान/
जापानमा नयाँ वर्षको दिन गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको संख्या १ सय ६० पुगेको जापानी अधिकारीहरूले बताएका छन्। आइतबारसम्म मृत्यु हुनेको संख्या १२० जना थिए भने सोमबार एकैदिनमा ४० जना बढेर १६० जना भएको हो | यो एउटा चमत्कारी भन्नुपर्छ सुजुमा पाँच दिनसम्म भग्नावशेषमुनि ९० वर्षकी एक जिउँदै महिला फेला परेकी छन् |एक सातापछि पनि बेपत्ता रहेका १०० भन्दा बढी व्यक्तिलाई खोज्ने प्रयास जारी रहेको छ ।
तर खराब मौसमका कारणले उद्धारकर्ताहरूलाई बाधा पुर्याइरहेको छ | भारी वर्षा र हिउँले पहिरो र भवनहरू भत्किन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ |
सडकमा भएको ठूलो क्षतिका कारण २ हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन रहेको बताइएको छ । अरू धेरै आपतकालीन आश्रयहरूमा बसिरहेका छन्।
सोमबार दिउँसो २ बजेसम्म नोटो प्रायद्वीप क्षेत्रका सहरहरूमा १० सेन्टिमिटरसम्म हिउँ जमेको थियो।
अधिकारीहरूले क्षतिग्रस्त भवनहरू हिउँको भारमा ध्वस्त हुन सक्ने चेतावनी दिएका छन्।
अस्थायी आश्रयस्थलमा बसेका धेरै व्यक्ति ज्येष्ठ नागरिक हुन्। यस निकासी केन्द्रमा रहेका करिब ७० प्रतिशत वृद्धहरू छन्।
जापानी सेनाले विपतमा परेकाहरूलाई खाना, पानी र कम्बल लगायतका सामग्रीहरू हस्तान्तरण गर्दै आएको छ।रक्षा मन्त्रालयले आइतवार एक विज्ञप्ति जारी गर्दै भनेको छ “आगामी राहत अभियानमा मद्दत गर्न लगभग ६ हजार सेना पठाएको छ।” “अझै पनि जीवित व्यक्तिहरू हुन सक्ने सम्भावनालाई मध्यनजर राख्दै उद्धारकर्ताहरुलाई थप परिचालन गरिएको छ |”
७.६ म्याग्निच्युडको भूकम्पले रिमोट नोटो प्रायद्वीपलाई प्रहार गर्यो - भवनहरू ढाल्यो र ठूलो आगो निस्क्यो।
अधिकांश मृत्यु वाजिमा र सुजुका बढी प्रभावित सहरहरुको रहेका छन्। विगत तीन वर्षमा त्यहाँ पाँच सयभन्दा बढी साना तथा मझौला भूकम्प गएका छन् ।