उत्तर कोरियामाथि जापानले नयाँ प्रतिबन्ध लगाउने !

Everest Fuji News २०७४ पुष २ मा प्रकाशित       Published at 2017 Dec 17


काठमाडौं । जापानले १९ वटा उत्तर कोरियाली कम्पनीहरुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उत्तर कोरियाको आणविक हतियार निर्माणमा रोक लगाउन दबाब दिँदै जापानले थप प्रतिबन्ध लगाउने निर्णय गरेको बताएको छ । जापानका विदेश मन्त्रीले शुक्रबारको पत्रकार सम्मेलनमा उत्तर कोरियाको अर्थ व्यवसायलाई धक्का पुर्याउने उद्देश्यले कोइला, मिनिरल, जहाजको सुविधा र नागरिकलाई विदेश पठाउने सम्बन्धी काम गरिरहेको १९ वटा कम्पनीहरुमाथि प्रतिबन्ध लगाइने जानकारी दिएका हुन् । त्यस्ता कम्पनीहरुमा अमेरिकाले भने पहिले नै प्रतिबन्ध लगाइसकेको छ । श्क्रबार न्यूयोर्कमा बस्ने संयुक्त राष्ट्र संघको बैठकमा उत्तर कोरियाबारे छलफल गर्ने कार्यक्रम भएपनि जापानले यसअघि नै प्रतिबन्धको एकतर्फी घोषणा गरेको छ । उत्तर कोरियाले गत सेप्टेम्बर जापानको आकाश हुँदै ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि जापानका लागि चिन्ताजनक अवस्था सिर्जना भएको थियो । यसैको प्रतिक्रियामा जापानले यस्तो निर्णय लिएको बताएको छ । उत्तर कोरियालाई भविष्यमा अन्य कुनै मिसाइल परीक्षण गर्न नदिनका लागि यसरी आर्थिक दबाब दिइएको बताइएको छ । यस बारेमा जापानी सरकारका उच्च प्रवक्ताले भने, ‘उत्तर कोरियाले लगातार भड्किलो बयान र निराशाजनक प्रदर्शन गरिरहेकाले यस मुद्दामा थप दबाब पैदा गर्न हामी बाध्य भएका हौँ । उनीहरुको आचरणमा कुनै परिवर्तन नआएपछि यसप्रति थप कारबाही गर्न जरुरी भएको हो ।’


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.