पूर्वी अफ्रिकाको माडागास्करको तटमा दुई वटा डुङ्गा पल्टिँदा २४ जनाको मृत्यु भएको छ भने कयैन घाईते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएको छ ।सो ढुंगा पल्टिदा मृत्यु हुनेमा धेरैजसो सोमालियाका नागरिक रहेका स्थानीय प्रशासनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सोमालियाको विदेश मन्त्रालयले बाँकी रहेका मानिसको सुरक्षित फिर्ताको सुनिश्चितता गर्ने प्रयास भइरहेको जनाएको छ । दुवै डुङ्गामा गरी ७० जना मानिस सवार थिए । डुङ्गा पल्टिएपछि माछा मार्नेहरूले उद्धार गरेका थिए । दुर्घटनाको कारणबारेमा छानबिन भइरहेको स्थानीय प्रहरीले जनाएको छ । बेरोजगारी र गरिबीका कारण अफ्रिकाका युवाहरू राम्रो जीवनको खोजीमा युरोप पलायन भइरहेका छन् । पूर्वी अफ्रिकाको देश माडागास्करको बाटो हुँदै अवैधानिक रूपमा युरोप प्रवेश गर्नेहरूमध्ये वर्षेनि धेरैको डुङ्गा दुर्घटनामा ज्यान जाने गरेको छ ।।