उत्तर कोरियाको धम्की सम्बोधन गर्न अमेरिका आतुरः बढ्यो युद्धको सम्भावना

Everest Fuji News २०७४ मंसिर १८ मा प्रकाशित       Published at 2017 Dec 04


  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सलाहकार एचआर म्याकमास्टरले उत्रर कोरियाको धम्कीलाई सम्बोधन गर्न अमेरिका आतुर रहेको बताएका छन् । अमेरिका र उत्तर कोरियाबीचको वाकयुद्ध चलिरहेको वेला ट्रम्पका सल्लाहकारको सो अभिब्यक्ति आएको हो । युद्धको सभ्वाना बढ्यो : उत्तर कोरियासंग युद्धको सम्भावना निदहुँ बढेको उनले बताए । उत्तर कोरियासंग सम्भाब्य युद्ध सैन्य द्धन्द्ध मात्र यसको समाधान होईन उनले भने । दुई महिनाको अन्तरमा उत्रर कोरियाले दोस्रोपटक अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण गरेको केही दिनपछि ट्रम्पका सुरक्षा सल्लाहकारको टिप्पणी आएको हो ।   तलेमा प्रतिबन्ध लगाउः ट्रम्पका सुरक्षा सलाहकार म्याकमास्टरले उत्तर कोरियामाथि तेलमा पुर्ण रुपमा प्रतिबन्ध लगाउन चीनलाई आग्रह गर् । उत्तर कोरियाले आयात गर्ने ईन्धनमध्ये ७० प्रतिशतभन्दा बढी कच्चा तेल बेईजिङबाट आपुर्ति हुन्छ । नतेलमा प्रतिबन्ध लगाएमा उत्तर कोरियालाई क्षेप्यास्त्र परीक्षणमा समस्या हुने उनको धारणा थियो । अमेरिकी तटीय क्षेत्रमा थप सुरक्षाः अमेरिकाले पश्चिम तटीय क्षेत्रमा थप सुरक्षा बल परिचालन गर्ने भएको छ । उत्रर कोरियाले आफुले प्रहार गरेका क्षेप्यास्त्र सम्पुर्ण अमेरिकी भुमिमा पुग्न सक्ने दावी गरिरहेकै बेला अमेरिकी रक्षा मन्त्रालयले तटीय सुरक्षाका लागि थप सुरक्षाफौज गर्ने भएको हो । वासिङ्टन सिउल सैन्य अभ्यास रोक : अमेरिका र दक्षिण कोरियाले युद्धोत्तेजिक कार्य गरेको भन्दै त्यस्ता कार्य तत्काल रोक्न उत्तर कोरियाले माग गरेको छ । वासिङ्टन सिउलबीचको वार्षिक संयुक्त सैनिक अभ्यासको पुर्वसन्ध्यामा उत्तर कोरियाले सो माग गरेको हो ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.