काठमाण्डौ /
सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित हुनुभएको छ । गएराति भएको चुनावमा निकटतम प्रतिस्पर्धी पवित्रा सुनारलाई हराएर पन्थी अध्यक्षमा निर्वाचित हुनुभएको छ ।त्यस्तै उपाध्यक्षमा बसन्ती बास्तोला महासचिवमा राधा खनाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
सचिवमा उर्वसी बस्न्यात निर्वाचित हुनुभएको छ,त्यस्तै कोषाध्यक्षमा साजना तामाङ निर्वाचित हुनुभएको छ।सञ्चारिका समूहको ८ जना सदस्यहरुमा अजवी पौड्याल, कल्पना शर्मा, कालिका शिवाकोटी, तारा चापागाई, दीपा रेग्मी, देवी सापकोटा, विष्णु पन्थी र सम्झना वन निर्वाचित हुनुभएको छ ।