काठमाडौं /
इन्डियन प्रिमियर लिगमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ।२ सय ४ रनको लक्ष्य गुजरातले १९ दशलमव २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। जोस बटलरको अर्धशत बनाएको खेलमा तेस्रो विकेटका लागि सेर्फाने रुथरफोर्डसँग १ सय १९ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए।बटलरले ५४ बलमा ११ चौका र ४ चेकमा नटआउट ९७ रन बनाए। ३४ बल खेलका रुथरफोर्डले ३ छक्का र १ चौकामा ४३ रन बनाए।बटलरले ओपनर साइ सुदर्शनसँग दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरे। सुदर्शनले ३७ रन बनाए।
अर्का ओपनर तथा कप्तान शुभमन गिल ७ रनमा आउट भए।दिल्लीका मुकेश कुमार र कुलदीप यादवले समान १ विकेट लिए।त्यसअघि दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३ रन बनायो। ओपनर अभिषेक पोरेल १८ रन बनाएर आउट भए। २८ रनमा केएल राहुल प्रसिद्ध कृष्णाको बलमा एलबिडब्लु धरापमा परे। यसपछि करूण नायर ३१ रनमा पबिलियन फर्किए। कप्तान अक्षर पटेल र ट्रिस्टान स्टब्सले ५३ रनको साझेदारी गरे।