Everest Fuji News२०७४ कार्तिक २३ मा प्रकाशितPublished at 2017 Nov 09
सोल (रासस/एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई क्रुर तानाशाहको संज्ञा दिएका छन् । मङ्गलबार दक्षिण कोरिया पुगेका उनले बुधबार बिहान कोरियाली राजधानी सोलमा सो धारणा राखेका हुन् ।
दक्षिण कोरियाको संसदलाई बुधबार बिहान सम्बोधनगर्दै उनले सो धारणा राखेको समाचारमा जनाइएको छ । एसियाको भ्रमणका क्रममा आइतबार जापान पुग्नुभएका उनी जापानबाटै मङ्गलबार दक्षिण कोरिया पुगेका छन् ।
आफ्नो यस एसिया भ्रमणका क्रममा प्राय उत्तर कोरियाका विरुद्धमा निकै आक्रामक बन्दै आएका राष्ट्रपति ट्रम्पले बुधबार बिहान दक्षिण कोरियाली संसदलाई सम्बोधन गर्दै अमेरिकालाई कमजोर नठान्न पनि उत्तर कोरियालाई चेतावनी दिएका छन् ।