टेक्सास गोलीकाण्ड : घटनाअघि सासु र परिवारसँग हमलाकारीको झगडा

Everest Fuji News २०७४ कार्तिक २१ मा प्रकाशित       Published at 2017 Nov 07


वासिंटन, कात्तिक २१ । अमेरिकाको टेक्सासस्थित एक चर्चमा अन्धाधुन्ध गोली हानेर २६ जनाको हत्या गर्ने डेविन प्याट्रिक केलीले गोली चलाउनुअघि सासुसँग झगडा परेको तथ्य प्रकाशमा आएको छ । प्याट्रिकले रंगभेदी मनसाय वा धार्मिक कारणले गोली नचलाएको स्थानीय अधिकारीको दावी छ । पारिवारिक कारणले चर्चमा गोली चलाएको खुलेको स्थानीय अधिकारी बताउँछन् । परिवार तथा उनको श्रीमतीको परिवारसँग विवाद भएकाले उनले गोली चलाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । प्याट्रिककी सासु मिसेली स्चिएल्डस पनि गोलीकाण्डका समयमा सोही चर्चमा उपस्थित थिइन् । प्याट्रिककी आमा लुका ह्वाइट पनि गोली लागेर मारिएकी छिन् । आइतबार बिहान प्याट्रिकले अन्धाधुन्ध गोली हानेर २६ जनाको हत्या गरेका थिए । मारिनेमा आधाजसो बालबालिका भएको घटनामा अरु २४ जना घाइते भएका छन् । नियमित प्रार्थनाका लागि मानिस भेला भएका बेला उनले टेक्सासको विल्सन काउन्टीस्थित चर्चमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । प्याट्रिक पनि जवाफी कारवाहीमा मारिएका थिए । गाडीमा चढेर भाग्दै गर्दा उनी प्रहरी कारवाहीमा मारिएका हुन् । अमेरिकामा पछिल्लो समय यस्ता घटना बढ्दै गएका छन् । (एजेन्सी)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.