क्याटलन नेता पुज्डमोनद्वारा बेल्जियम प्रहरीसमक्ष आत्मसमर्पण

Everest Fuji News २०७४ कार्तिक १९ मा प्रकाशित       Published at 2017 Nov 05


ब्रसेल्स, कात्तिक १९ । एकतर्फी रूपमा क्याटोलनियाको स्वतन्त्रताको घोषणा गरेपछि स्पेन सरकारबाट बर्खास्त भएका नेता कारलस पुज्डमोनले आइतबार बेल्जियमको प्रहरी समक्ष आत्मसमर्पण गरेको बेल्जियमका अधिकारीहरुले बताएका छन् ।   क्याटलोनियाली नेता पुज्डमोनले आइतबार बेल्जियमको प्रहरीसँग आत्मसमर्पण गरेपछि अन्य चारमन्त्री पनि उनीजस्तै प्रहरीसमक्ष पुगेका छन् । उनीहरू विगत केही दिनदेखि बेल्जियममा लुकिछिपी बस्दै आएका थिए । केही दिनयता बेल्जियममा बसिरहेका नेता पुज्डमोनविरुद्ध देशलाई विखन्डन गर्ने असफल प्रयास गरेको भनी स्पेनी सरकारले पक्राउ पुर्जी जारी गरेको थियो । स्पेनको एक अदालतले देशद्रोहको अभियोगमा भइरहेको छानविनसँग सम्बन्धित रहेर पुज्डमोन र उनको क्षेत्रीय सरकारको मन्त्रीमन्डलविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरूलाई स्पेनलाई सुपुर्दगी गर्ने वा बेल्जियममा नै राख्ने बिषयमा अधिकारीहरूबीच आवश्यक छलफल भइरहेको बताइएको छ । (रासस/सिन्ह्वा)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.