काठमाडौं, १७ कात्तिक — अमेरिकी बी–१ बम्बर लडाकू विमान कोरियाली प्रायद्वीपनिर उडाइएको अमेरिकी वायुसेनाले एक वक्तव्य जारी गरी जानकारी दिएको छ ।
अमेरिकाको यो बयानले उत्तर कोरिया क्रुद्ध भएको छ ।
दुईवटा बी–१बी ल्यान्सर विमानहरू गुआमस्थित एन्डर्सन एयर फोर्स बेसमा जापानी र दक्षिण कोरियाली जेटहरूसँग मिलेर दक्षिण कोरियाको आकाशमा उडेका थिए ।
यो योजनाबद्ध ‘द्विपक्षीय एकीकरण’ अभियान हो ।
बिहीवारको यो उडानपछि प्योङयाङले कडा प्रतिक्रिया जनाउँदै आफूविरुद्ध अघोषित आणविक आक्रमणको अभ्यासस्वरूप यसरी विमान उडाइएको बताएको छ ।
‘गुण्डासमूहजस्ता लाग्ने अमेरिकी साम्राज्यवादीहरूले आणविक धम्की र ब्ल्याकमेल गरेर उत्तर कोरियालाई आणविक हतियार निर्माणबाट रोक्ने कोशिश गरेका छन्,’ उत्तरको समाचार संस्था केसीएनएले लेख्यो ।
अमेरिकाले यसरी जापान र दक्षिण कोरियासँग मिलेर युद्धअभ्यास गरिरहँदा अनि उत्तर कोरियाले पनि धम्की दिइरहँदा प्रायद्वीपमा युद्ध भड्किने हो कि भनी आशंका उत्पन्न भएको छ ।
एजेन्सी