अमेरिकी सांसदद्वारा म्यान्मारका सैनिक अधिकारीहरूमाथि प्रतिबन्ध लगाउन प्रस्ताव

Everest Fuji News २०७४ कार्तिक १७ मा प्रकाशित       Published at 2017 Nov 03


वासिङटन । अमेरिकी संसदमा डेमोक्रेटिक तथा रिपब्लिक पार्टीमा प्रभावशाली मानिने पाँचजना संसद सदस्यले म्यानमारको रोहिङ्ग्या समुदाय लक्षित मानव अधिकार उल्लङ्घनमा सम्लग्न रहेकोे आरोप लागेका उच्च सैनिक अधिकारीमाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरेका छन् । म्यानमारको राखिने राज्यमा अल्पसङ्ख्यक मुशलमान रोहिङ्ग्या समुदायलाई लक्षित गरी यस बर्षको अगस्ट २५ पछि चलाएको सैन्य अभियानमा सयौँ जनाको मृत्यु भएको र करिब छ लाख जना विस्तापित भएका थिए । म्यानमारमाथि यहाँको अल्पसङ्ख्यक रोहिङ्ग्या समुदायलाई आफ्नो नागरिकका रूपमा स्वीकार गरेकोे छैन । म्यानमारले उनीहरू बङ्गलादेशबाट शरणार्थीका रूपमा राखिने आएको जनाउँदै आएको छ । जोन म्याककेन, बेन कार्डिन, डिक डर्विन, मार्को रुवियो र टोड योङको प्रस्तावमा म्यानमारका केही उच्च सैनिकलाई विदेश भ्रमणमा जानबाट रोक लगाउनुपर्ने बताइएको छ । प्रस्ताव अमेरिकी कँग्रेसबाट पास भएमा म्यानमारको रोहिङ्ग्या आन्दोलन शान्त नहुँदासम्म निश्चित सैन्य अधिकारीले विदेश भ्रमण जानबाट रोक लगाउन अमेरिकाले आवश्यक पहल गर्नेछ । रासस/पीटीआई


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.