प्रेमिला गौचन,टोकियो , जापान । नोभेम्बर -२, २०१७ / बिहिवार कार्तिक -१६ , २०७४ ।
टोकियो । जापानको ९८ औ प्रधानमन्त्रीमा पुन: सिन्जो आवे निर्वाचित भएका छन् ।
जापानको प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा आवे नेतृत्वको गठबन्धनले बहुमत ल्याएपछि आवेले चौथो पटक प्रधानमन्त्री पदको जिम्मेवार सम्हालेका हुन् ।
प्रधानमन्त्री आवेले केहि महिना पहिलाकै मन्त्री मण्डललाई निरन्तरता दिएका छन।
सन १९५४ सेप्टेम्बर छ मा जन्मेका ६३ वर्षिय नव निर्वाचित प्रधानमन्त्री आबेको अबका चुनौती भनेको मुख्यतया उत्तर कोरिया सँग कसरी सम्बन्ध राख्ने भन्ने बिषयमा केन्द्रित हुनेछ ।
नजिकदै गएको अमेरिकी प्रधानमन्त्री डोनाल्ड ट्रम्पको नोबेम्बर ५~७ मा हुने जापान भ्रमणलाई पनि मुख्य भूमिकामा हेरिएको छ ।
उत्तर कोरियाको प्योयाङमा विकसित भइ रहेको आणविक मिसाइलको बारेमा पनि ट्रम्पसँग वार्ता हुने बताइएको छ ।
उनी निर्बाचित हुने वितिक्कै सन २०१८ मा मार्च ३१ मा अघि सारेका बाल कल्याणकारी कोषको मुख्य बुदालाई अघी सार्दै मन्त्रीस्तरीय क्याबिनेटमा थप बजेटको लागि अव्बाहान गरेका छन। साथै उनले चुनावी ताका पनि आकर्षक ढंगले महिलाका चुनौतीहरुलाई पनि सम्बोधन गर्दै प्रस्तुत भएका थिए ।
प्रधानमन्त्री आवेले आफ्नो कार्यभार सम्हाल्न हिजो जापानी सम्राट समक्ष पद तथा गोपनियताको सपथ लिएको जापानी संचार माध्यमले जनाएको छ ।
हिजो बाटै आफ्नो कार्यभार सम्हाललेका छन् । तल्लो सदनमा ३१२ र माथिल्लो सदनमा १५१ मतका साथ आवे पुन: प्रधानमन्त्रीमा चयन भएका हुन ।