न्यूयोर्कः ट्रक जोताउँदा '८ को मृत्यु'

Everest Fuji News २०७४ कार्तिक १५ मा प्रकाशित       Published at 2017 Nov 01


अमेरिकाको न्यूयोर्कमा एकजनाले फुटपाथ र साइकल लेनमा जानाजान ट्रक जोताउँदा कम्तीमा आठजनाको ज्यान गएको छ। घटनामा कम्तीमा १२ जना घाइते भएको अधिकारीहरुले बताएका छन्। लोअर म्यानह्याटनमा ती व्यक्तिले फुटपाथ र साइकल लेनमा पिक-अप ट्रक जोताएपछि एउटा स्कूल बससँग ठोक्काएको प्रहरीले जनाएको छ। त्यसपछि २९ वर्षीय ती आक्रमणकारीले दुईवटा बन्दुक राखिएको आफ्नो ट्रक छाडेका थिए। नियन्त्रण लगत्तै प्रहरीले उनलाई गोली हानी नियन्त्रणमा लिएको विवरणहरुमा जनाइएको छ। घटनालाई न्यूयोर्कका मेयर बिल डे ब्लाजिओले शहरको मुटुमा निर्दोष नागरिकलाई निशाना बनाउने उद्देश्यले गरिएको कायरतापूर्ण आतंककारी कार्यको संज्ञा दिएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै 'आतंकवादी आक्रमण'का पीडित र उनीहरुको परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले लेखेका छन्, "ईश्वर र तपाईँहरुको देश तपाईँहरुसँगै छन्।" गम्भीर प्रहरीले ठूलो आतंकवादी षड्यन्त्रण अन्तर्गत आक्रमण गराइएको भन्ने दिशामा हालसम्म कुनै प्रमाण फेला नपरेको जनाएको छ। न्यूयोर्कका प्रहरी आयुक्तले घाइतेहरुलाई गम्भीर चोटपटक लागेपनि ज्यानै लिने खालको चोट नभएको बताएका छन्। एकजना प्रत्यक्षदर्शीले एउटा स्थानीय टेलिभिजनलाई भने, "प्रहरीले ट्रक चालकलाई गोली हानेपछि सबैजना भाग्न थाले र स्थिति अलि असहज भयो। एकछिन रोकिएर मैले हेर्दा ट्रक चालक ढलिसकेका थिए।" अर्का प्रत्यक्षदर्शीले ९/१० राउण्ड गोली चलेको आवाज आफूले सुनेको बताए।( BBC)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.