राष्ट्रसंघमा नेपालले भन्यो-द्वन्द्ध पछिको शान्ति स्थापनामा नेपाली महिलाको भूमिका महत्वपूर्ण

Everest Fuji News २०७४ कार्तिक १२ मा प्रकाशित       Published at 2017 Oct 29


परराष्ट्र सचिव शंकरदास बैरागी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को एक खुल्ला बहसमा सहभागि भइ नेपालको धारणा राखेका छन्। राष्ट्रसंघ मुख्यालय न्यूर्योकमा शुक्रबार भएको ‘महिला, शान्ती र सुरक्षा’ बिषयको खुल्ला बहसमा नेपालका तर्फबाट बैरागीले भाग लिएको राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।   चक्रिया पालो अनुसार यसपटक फ्रान्सले अध्यक्षता गरेको छलफलमा बैरागीले महिलाको अधिकार तथा चासो प्रवद्धन र संरक्षणका लागि नेपालले गरिरहेको प्रयासबारे जानकारी गराएका थिए। उनले छलफलमा महिला, शान्ति र सुरक्षाबारे नेपालको बार्षिक कार्ययोजना समेत प्रस्तुत गरेका थिए। बैरागीले नेपालको द्वन्द्ध र द्वन्द्ध पछिको शान्ति स्थापनामा महिला सहभागिताको महत्वबारे पनि छलफलमा अबगत गराएका थिए। पिजीए अध्यक्षसँग भेटघाट यसैबीच शुक्रबार नै परराष्ट्र सचिब बैरागीले संयुक्त राष्ट्रसंघीय महासभा प्रमुख मिरोसल्याभ लजाकसँग भेटवर्ता गरेका छन्। लजाकले महासभाको ७२ औं बैठकको अध्यक्षता गरेका थिए। उनीसँगको भेटमा बैरागीले नेपाल र राष्ट्रसंघका साझा चासोबारे छलपल गरेका थिए। त्यस्तै छलफलमा युवा, जल र द्वन्द्ध उन्मुलनबारे पनि छलफल भएको बताइएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.