नेत्रहीन क्रिकेट टी–२० विश्वकपमा नेपालको जीत

Everest Fuji News २०८१ मंसिर ९ मा प्रकाशित       Published at 2024 Nov 24


नेत्रहीन क्रिकेट टी–२० विश्वकपमा नेपाल पहिलो खेलमा श्रीलंकासँग पराजित भएको छ ।

श्रीलंकाले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १ सय २५ रन मात्र बनाएको थियो । यसअघि पाकिस्तानमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । श्रीलंकाका दमिथ सन्दारुवानले नटआउट सय रन बनाएका थिए । नेपालका सुनिल राना मगर र सुनिल सुवेदी क्षेत्रीले १÷१ विकेट लिएका थिए । नेपालले दोस्रो खेलमा बंगलादेशसँग, तेस्रो खेलमा अफगानिस्तानसँग, चौथो खेलमा आउँदो मंगलबार दक्षिण अफ्रिकासँग र पाँचौं खेलमा बुधवार आयोजक पाकिस्तानसँग खेल्ने कार्यतालिका रहेको छ । नेपाल र भारतबीच नोभेम्बर २९ तारिखमा खेल हुने तालिका थियो । तर भारत सहभागी नभएपछि नेपालले वाक ओभर पाएको छ । भारतले आफ्नो टिमलाई पाकिस्तान जान स्वीकृति नदिएपछि भारत सहभागी नहुने भएको हो । लिग चरणमा शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । यो विश्वकप खेल्न हवाई टिकटका लागि रकम अभाव भएपछि नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुगेको छ । चौथो संस्करणको नेत्रहीन क्रिकेट टी–२० विश्वकप आउँदो डिसेम्बर ३ तारिखसम्म चल्नेछ । खेलहरू लाहोर र मुल्तामा हुने समेत कार्य तालिका तय भएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.