भारतको पश्चिम बङ्गालको माल्दामा चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ भने कैयन घाईते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।
चट्याङ लागी घाइते भएकाहरूको अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चट्याङ लागेर ज्यान गुमाउने ११ जनामध्ये तीन नाबालिग र दुई जना युवासमेत रहेका माल्दाका जिल्ला अधिकारी नितिन सिंघानियाले बताउनुभएको छ । उहाँले पीडित परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिइने बताउनुभएको खबरमा उल्लेख छ । जिल्ला प्रशासनले पनि उनीहरूलाई सहयोग गरिरहेको जनाइएको छ ।।