नेपाली वुमेन अफ दि ईयर अमेरिका २०१७ को बिजयी घोषित संचारकर्मी तथा महिला अधिकारकर्मी सच्ची मैनाली ।

Everest Fuji News २०७४ कार्तिक ७ मा प्रकाशित       Published at 2017 Oct 24


भर्जिनिया,अमेरिका । नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका २०१७ मा संचारकर्मी तथा महिला अधिकारकर्मी सच्ची मैनाली बिजयी घोषित भएकी छिन् l अमेरिकाको पेनसेलभेनिया बसोबास गर्दै आएकी र हाल डीसी क्षेत्र बाट संचालित बिधुतिय पत्रिका ईनेप्लिज कि आवसिय सम्पादक मैनालीलाई गत अक्टोबर २१ तारिख डीसी महानगर क्षेत्रको भर्जिनिया को फल्सचर्च मा उक्त घोषणा गरिएको हो l उनले बिजयी घोषित भए पछि सबै नोमिनीहरुलाई सम्झदै भनेकी थिईन । यहाँ मेरो प्रतिश्पर्धा कसैसँग छैन, मेरो विनम्र विचारमा कोही कसैको प्रतिश्पर्धी होइन । सवैले आआफ्नो क्षेत्रमा उच्च योगदान गर्नु भएको छ । उनले आफ्नो ममी सरीता मैनालीले सानो छँदा भनेको कुरा स्मरण गर्दै भनिन - यतिखेर म सानोमा मेरो मम्मीले कसैसँग प्रतिश्पर्धा नगर्नू आफूले सकेको गर्नु (Give your १००%) भन्नु भएर मार्गदर्शन गर्नुभएको सम्झन्छु र त्यसैलाई मैले पछ्याउदै आएको छु। उनले आफ्नो स्व पिता कलाकार गोपाल राज मैनालीलाई (चंखे) सम्झदै थप भनिन - मेरो वुवा चाहनुहुन्थ्यो हामी सवै छोराछोरी कलाकारितामा लागौं । तर त्यसमध्य मेरी सानी बहिनि सज्जा मैनालीले मात्रै उहाँको इक्ष्या पुरा गर्न सकिन। तर म सन्चारकर्मी र अधिकारकर्मी भएँ । मलाई लाग्छ उहाँले अनन्तवाट हेर्दै पक्कै खुशी भइरहनु भएको छ र गर्व महशुष गरेको हुनुपर्छ। सच्चीले आफु माथि थप जिम्मेवारी बढेको बताइन l अमेरिकामा पहिलो पटक थ्री इ इण्टरटेन्मेण्टको आयोजनामा वुमन कोअर्डिनेसन टिमले गरेको नेपाली वुमन अफ द एयर इन अमेरिका २०१७ को उक्त घोषणामा मैनालीले सर्बाधिक सामाजिक संजाल बिधुतिय मत तथा निर्णायकहरुको समेत उत्कृष्ट मत प्राप्त गरेपछि उनि बिजयी घोषित भएकी हुन् l उक्त मनोनयनमा नेपालमा समेत सामाजिक सेवामा काम गरेको तथा हाल अमेरिकामा रही नेपाली समुदायमा उल्लेखनीय योगदान गर्ने महिलाहरु मध्ये बाट छनौट गरि एक जना लाई नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका २०१७ को पुरस्कार द्वारा सम्मानित गरिएको हो l उक्त प्रतिस्पर्धामा मनोनयन हुने महिलाहरुमा सच्ची मैनाली ,मौसमी श्रेष्ठ ,शान्ति श्रेष्ठ ,बिना खड्का लामा ,रुकमणि कार्की ,सुमना दवाडी ,प्रसिदा खनाल तथा उर्मिला पन्थी रहेका थिए l उक्त घोषणामा ,मौसमी श्रेष्ठ तथा सुमना दवाडी गरि २ जना महिलाहरुलाई उप बिजेता समेत घोषणा गरिएको थियो l उक्त घोषणा बाना कि अध्यक्ष अनु श्रेष्ठ ओन्तले गरेकी थिइन् l नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका २०१७ को लागि बिधुतिय मतदान गत अक्टोबर २१ तारिख दिउसो १ बजे सम्म चलेको थियो l उक्त कार्यक्रममा अमेरिका नेपाल सोसाइटी कि नव निर्वाचित अध्यक्ष प्रभा भट्टराई देउजाले पनि सहभागी हुने महिलालाई बधाई दिएकी थिइन् l Nepali Women Of The Year America 2017 का जजहरू एनआरएनएका वुमन कोअर्डिनेटर इन्दिरा त्रिपाठी, क्यालिफोर्निया, हिमालयनखवर.कमका सम्पादक पत्रकार विटु केसि बराल , टेक्सास, वानाका अध्यक्ष अनु श्रेष्ठ वन्त, वाल्टिमोर , मेरिल्याण्ड र वुमन कोअर्डिनेटर टिमका अर्का जज र कोअर्डिनेटर सरिता वर्तौला , मेरिल्याण्ड हुनुहुन्थ्यो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.