आज विश्व को ध्यान बिकास तर्फ छ। अझै भन्नू पर्दा प्राविधिक/बैज्ञानिक युग। त्यस मध्य विकसित देशहरु त आणविकता को बिस्तार मै दौडिरहेका छन् ।
यो युगिन परिबर्तन सगै नेपाल ले बल्ल-बल्ल राजनीतिक परिबर्तन को बामे सर्दै छ। काठमाडौ को एउटा मानिस जन्मेर २०-२२ बर्ष को हुदा पनि मेलम्ची को पानी नआउने देश, अब अनुमान लगाउन खासै गाह्रो छैन ,बिकास को गति !!
बिकास मा तीब्र गति लिइरहेका २ बिशाल देश को बीचमा हाम्रो देश नेपाल छ। न त आज सम्म हामीले छिमेकी को सिको गर्दै बिकास लाई निरन्तरता दियौं न त राजनीतिक इमानदारीता नै सिक्यौ। कम्ती मा राजनीतिक इमानदारीता सिकिदिएको भए पनि देश मा केही न केही परिबर्तन को आभास हुने थियो । देशमा लोकतन्त्र- गणतन्त्र आयो, एउटा सामान्य नागरिक ले के लोकतन्त्र को अनुभुती गरेकै छ त?
अझै पनि समाज मा व्यापक रूपमा सामन्तहरु को राज छ। अझै पनि दलाल , फटाहा, भु-माफिया , ब्याजे दलाल हरु को बिगबिगी छ। एउटा सामन्य नागरिक आफ्नो खेत मा हलो ,कुटो-कोदालो गर्दै गाउँ लाई उज्यालो बनाईरहेको छ। न उसलाई कुनै राजनीतिक परिवर्तन ले छोएको छ न त उसले सरकार ले दिएको कुनै अनुदान कार्यक्रम हरु नै अनुभुत गर्न पाएको छ।
राज्य का सबै निकाय हरु जिम्मेवार हुने र जबाफदेहिता को अनुभव सामन्य नागरिक ले कहिले गर्न पाउने ? हाम्रो गाउ का काइला दाइ ले कहिले भन्लान् खै अब त कतार जादिन??? एउटि चेली दलाल को चिल्ला कुरा मा फसिएर बिदेशी भुमी मा बलात्कार हुन्छिन अनि देशमा उनको शब आउछ । कहिले तिनी चेली हरु ले आफ्नै दाजु-भाइ को सुरक्षा घेरामा रमाउन पाउने? नेपाल मै पनि श्रमिक हरुको श्रम लुटिरहेका छन् ।
नेपाल मा शिक्षा तर्फ पनि त्यस्तै देखिन्छ, एक थरी युवा युवती हरु यहि देश ले शिक्षा दिन्छ , यहि देश ले उनीहरुलाई प्राबिधिक बनाउछ अनि यो देश को सेवा गर्न छोडेर समुन्द्र को किनार मै तस्वीर खिचाउने देखि लाखौं कमाउने रहर मा नेपाल को सम्मानित पेशा त्यागेर डिप्रेशन को सिकार बन्न जहाज चड्छन।
अनि जो मध्यम बर्ग का छन उनीहरु ४० डिग्री को घाम मा काम गर्न जान बाध्य छन् । ए सरकार , पल्ला गाउँ कि नर्स दिदी ले कहिले भन्छिन खै म अष्ट्रेलिया जादिन ,आफ्नै देश मा सेबा गर्छु भनेर? ए सरकार , अब त तल्लो गाउँ का साहिला दाइ लाई नेपाल फर्काइदेउ न? नेपाल का बन-पाखा , ती सुक्खा खेत हरु जस्ले कुनै बेला हजुरबुबा को हात बाट खनेको खुलेसो पानि खान पाउथे , अनि ती हरिया चौर हरु मा काका-काकि , दिदि र दिदि का साथी हरु लुकामारी खेल्दै घाँस काटिएरहेका हुन्थे- तिनै उजाड पाखा-पखेरा हरु ले आज अपनत्व खोज्दै छन् ।
सरकार ले अब देशमा पहिलो प्राथमिकता कृषि र पर्यटन लाई राख्नु पर्दछ। हरेक बर्ष भारत लगाएत अन्य देशहरूबाट भित्रिने खाद्यवस्तुमा हामी अब आत्मनिर्भर हुनै पर्छ ।सरकार ले एउटा यस्तो निकाय गठन गरोस् ताकी जनता को कृषि समस्या हरु तुरुन्तै समाधान गर्न सकियोस् ।
बिउ-बिजन को सुलभता, अर्गानिक खेती लाई प्रोत्साहन , फार्म खेती प्रणाली र सबै भन्दा महत्त्वपूर्ण कुरा त जमिन को ब्यबस्थापन लाई प्राथमिकता मा राखी देशको हरेक किसान हरु समक्ष पुर्याउनु पर्छ । बेमौसमी खेती तथा नगदे बाली को बारेमा देशका कर्मठ युबाहरु लाई तालीम दिएर स्वरोजगार को बाटो समात्न पनि सकिन्छ । परदेश बाट सिकेर आएको सीप लाई यहि भुमि मा प्रयोग गर्न सकिन्छ ,त्यस को लागि युवा हरु ले गरेको लगानी को सुरक्षा को प्रत्याभूति नेपाल सरकार ले गर्नु पर्छ ।
प्राकृतिक स्रोतले भरिपूर्ण देश नेपाल , बुद्ध जन्मेको देश, अनि सन्सार कै अग्लो टाकुरो सगरमाथा भएको देश लाई बिदेशी भुमि हरु मा बिज्ञापन गरेर बिदेशी हरु लाई लोभलाग्दो र रहरलाग्दो बाताबरण मिलाएर हामिले हरेक बर्ष लाखौं पर्यटक हरु लाई कम्तीमा २०-२५ दिन नेपाल मै अल्मल पार्न सके पनि देश को अर्थतन्त्र को हिस्सामा केही टेबा पुग्ने थियो ।
कृषि प्रधान देश लाई प्रकृति ले दिएको सुन्दरता को सहि उपयोग गर्न सकेमा हामी पनि विश्व अर्थतन्त्र मा समान हैसियत राख्ने राष्ट्र को रूपमा चिनिने थियौं । लाखौं युबाहरु बिदेश मा श्रम बेचिरहेका छन् , त्यस बाट आउने रेमिटेन्स ले देश को २९.६ प्रतिशत अर्थतन्त्र धानेको छ । बिस्व बजार मा मानिसहरु को जिबनशैली परिवर्तन आएको छ । विश्व मा भएको सूचना-प्रबिधि को बिकासक्रम ले नेपाल लाई पनि गाजेको छ।
सामान्य आधारभुत अवस्यकता परिपुर्ति गर्न को लागि बाध्य भएर देश को सबैभन्दा ठुलो शक्ति युबा हरु लाखौं को संख्या मा बिदेशीनु परिरहेको छ। नेपालको अहिले को जनसंख्या मा युबा र प्रौढ हरु नै बढी देखिन्छन् । अत: देशमा यती धेरै युवा हरु भएको अबस्थामा पनि देश ले युवा परिचालन सहि तरीकाले गरेन भने केही बर्ष पछि देश को अर्थतन्त्र धेरै जोखिममा पर्ने छ। दोस्रो विश्व युद्ध र त्यस पछि क्रमश नेपाल लाई हेर्ने हो भने उत्तर तिर को ब्यपारिक हब हरु क्रमिक रूपमा बिछेद भएको र दक्षिण तर्फ मात्रै एकत्रित भएको देखिन्छ ।
बिदेशीय का युवा हरु लाई नेपाल मै उत्पादन को क्षेत्रमा लगाइ उत्पादित बस्तु हरु लाई विश्व बजारमा पुर्याउनु पर्दछ । नेपालमा परिबर्तन नै नभएको चाहिँ हैन। राजनीतिक परिवर्तन भएर नै नेपाल अहिले संघीयता को प्रयोग गर्दैछ। पहिलो पटक गरिएको प्रयोग पक्कै पनि सहज हुदैन । ब्यबस्थापन गर्न लाई धेरै जटिलता हरु छन् । अब जनता लाई प्रत्यक्ष रूपमा राज्य को अनुभुति गर्न पाउने अबसर त छ तर राज्य संचालन को बिधि मा धेरै आर्थिक भार हरु पर्ने छन् । फलस्वरूप नेपाल मा महँगि वृद्धि हुने , ठगी बढने जस्ता समस्या आउन सक्छन् त्यसलाई अब बन्ने नयाँ सरकार ले विशेष ध्यान पुर्याउनु पर्दछ ।
आर्थिक समृद्धि को लागि नेपाल ले उद्योग हरु लाई बिस्तार गरि स्वदेशि उत्पादन लाई प्राथमिकता दिनु पर्छ । नेपाली जनताहरु राजनीति र यसको परिपाटी देखि दिक्क छन् । अब राजनीतिक दलहरू लाई बिकास र समृद्धि तर्फ ध्यान नदिए कुनै सुख छैन । अब बन्ने नयाँ सरकारले देशमा आर्थिक समृद्धि , सबै जनता लाई समान अबसर र सहभागिता साथै शान्ति र सुशासन कायम गर्न जस्तोसुकै मुल्य पनि चुकाउन तयार हुनुपर्छ । मन भरी देश र स्वाभिमान बोकेर हरतबर देश कै निम्ति पसिना चुहाउने महान नेपाली लाई हार्दिक सलाम सहित ती जस्ले देशको लागि ज्यानको बलिदानी दिए ती महान सहिद हरु प्रती हार्दिक नमन !!
सञ्जय थापा क्षेत्री
पर्वत, हाल काठमाण्डौ ।