Everest Fuji News२०७३ फाल्गुन २२ मा प्रकाशितPublished at 2017 Mar 05
नेपाली जनसम्पर्क समिति, बेल्जियमको चौथो अधिवेसनमा वर्तमान उपाध्यक्ष अनुजा प्रधानले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेकी छिन् । प्रधानको उम्मेद्वारीसंगै आगामी अधिवेसनमा सिता सापकोटा र माधव सापकोटा सहितको त्रिपक्षीय भिडन्त हुने भएको छ ।
वर्तमान उपाध्यक्षको हैसियतले राजनीतिक निरन्तताका लागि आफ्नो उम्मेद्वारी दिन लागेको र निर्वाचनको नतिजा आफुलाई सदैव स्वीकार्य हुने प्रधानले बताइन् ।
समितिको अभिलेख, साधारण सदस्यता, क्रियाशिल सदस्यताहरुलाई नयाँ प्रविधिहरुमा रुपान्तर गर्ने, वर्तमान जनसम्पर्क समितिले सुरु गरेको द्वन्द्व प्रभावित अक्षय कोषलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याउने, बेल्जियमको नेपाली समुदाय वीचको सद्भावलाई अझै प्रभावकारी बनाउने, जनसम्पर्क समिति बेल्जियमकोतर्फबाट बेल्जियमको स्थानीय संघसंस्था समेतको सहकार्यमा नेपालको कुनै एउटा क्षेत्रमा विशिष्ट खालको परियोजना सञ्चालन गर्ने र नेपालको विभिन्न दैवी प्रकोपहरुमा सहयोग गर्ने, जनसम्पर्क समितिका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्ने जस्ता कार्ययोजनाहरु उनले अगाडि सारेकी छन् ।