डीआईजी चन्दलाई तत्काल पदस्थापन नगराउन सर्वोच्चको आदेश

Everest Fuji News २०७३ फाल्गुन १८ मा प्रकाशित       Published at 2017 Mar 01


काठमाडौं: सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्ति विवादमाथिको लामो छलफलपछि डीआईजी जयबहादुर चन्दलाई तत्काल पदस्थापन नगराउन आदेश दिएको छ। लामो बहसपछि बुधबार सर्वोच्चले तेस्रो नम्बरका डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्ति गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न यसअगाडि प्रधानन्यायाधीश सुशीला कार्कीले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै पदबहाली प्रकिया रोकिदिएको हो। यसअघि प्रधानन्यायाधीश सुशीला कार्कीले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिदैँ सर्वोच्चले पहिलो नम्बरका डीआईजी नवराज सिलवालको पक्षमा निर्णय सुनाएको हो। प्रहरी प्रमुखमा ज्येष्ठताका आधारमा डीआईजी नवराज सिलवाल नियुक्त हुनुपर्ने माग राखेर अधिवक्ता कपिलदेव ढकाल र डीआईजी सिलवालले भिन्नाभिन्नै रिट दायर गरेका थिए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.