काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख तामाङको सरुवा, तामाङको जिम्मेवारी अब पौडेललाई
Everest Fuji News२०७३ फाल्गुन १८ मा प्रकाशितPublished at 2017 Mar 01
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङको सरुवा भएको छ ।
मङ्गलबार राति सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णयानुसार तामाङलाई मन्त्रालयकै नगरपालिका तथा वातावरण महाशाखामा सरुवा गरिएको हो । सरुवा भएका तामाङले १८ महिना कामपाको कार्यकारी प्रमुखका रुपमा काम गरेका थिए ।
उनलाई सरुवा गरेसँगै अब कामपाका कार्यकारी अधिकृतका रुपमा ईश्वर पौडेल आएका छन् । पौडेल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । पौडेल र तामाङ दुवैजनाले बुधबार पदबहाली गर्ने कार्यक्रम छ ।