डा.ज्ञवालीलाई कोरियाबासी नेपाली र राजदुतावासले निमन्त्रणा गर्‍यो -

Everest Fuji News २०७३ माघ ९ मा प्रकाशित       Published at 2017 Jan 22


आाईतवार,माघ -९,जापान । नेपाली राजादुतावास कोरिया र नेपाली सँपर्क समिती कोरियाको निमन्त्रणामा जापान निवासी क्लिनिकल मनोविद डा. विजय ज्ञवाली निकट भविष्यमै कोरिया जाने भएका छन । उहालाई सन २०१६ अध्ययन, रोजगारी , व्यवसाय लगायत अन्य बिधामा कोरिया प्रवेश गरेका मध्य २१ जना निधन भएकाले यस सम्बन्धी परामर्ष लिनको लागि निमन्त्रणा गरिएको हो । सोल स्थित नेपाली दुतावास श्रोतका अनुसार ज्यान गुमाउनेमा ३ जना महिला तथा १८ जना पुरुष रहेका छन् । यसरि ज्यान गुमाउनेमा ७ जनाले आत्महत्या गरेका छन् भने कम्पनि दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । सबारी दुर्घटनामा मृत्यु हुनेको संख्या २ छ भने २ जनाको बिरामीको कारण मृत्यु भएको छ त्यस्तै ५ जनाको मृत्युको यथेष्ट कारण थाहा हुन सकेको छैन । दक्षिण कोरियामा नेपाली कामदारहरुको मृत्युका कारणहरुमध्ये आत्महत्या गर्नेको डरलाग्दो तथ्याङ्क रहेको छ ।बढ्दो आत्माहत्या र मानसिक तनाबलाई रोकथाम तथा न्युनिकरन गर्नको लागि सउल स्थित नेपाली राजदुताबासले देखाएको सक्रियता सगै नेपाली सम्पर्क समिति कोरियाको सहयोगमा बुसान र सउलमा दुई दिने अन्तरकृया कार्यक्रम गर्ने भएको हो।कार्यक्रमको लागि नेपाली राजदुताबास कोरिया र नेपाली सम्पर्क समिति कोरियाको निमन्त्रणामा डा. विजय ज्ञवाली कोरिया जाने भएका छन् | कोरियनहरुको नजिकिदो ठूलो पर्व सलनालको अवसरमा यहि जनवरी २८ तारिख शनिबार बुसानको किम्हे माइग्रेन्ड हाउसमा एक दिने अन्तरकृया कार्यक्रम हुनेछ भने भोलिपल्ट जनवरी ३० तारिखका दिन सउल स्थित नेपाल हाउसमा कार्यक्रम हुने छ । कार्यक्रममा आत्महत्या रोकथाम, निराशा तथा तनाब व्यवस्थापन सम्बन्धमा बिषय बिज्ञ डा. विजय ज्ञवालीको टोलीले बिशेष प्रशिक्षण दिनेछन । डा. ज्ञवाली मानशिक स्वास्थ्य तथा आत्महत्या रोकथाम अभियानमा सकृय क्लिनिकल मनोबिज्ञ तथा अभियन्ता हुन ।कार्यक्रममा दूतावासका श्रम सहचारी देवराज ढकाल र द्धितीय सचिव उद्धब न्यौपानेले मजदुरका समस्या हरुमा संक्षिप्त प्रस्तुतीकरण तथा अन्तरक्रिया समेत गरिने दूताबासले जनाएको छ स्थान :- किम्हे माइग्रेण्ड हाउस, किम्हे , बुसान मिति :- २०१७ जनवरी २८ तारिख शनिबार समय :- अपरान्ह १२.३० देखि १७ बजे सम्म सम्पर्क उद्धब न्यौपाने, द्धितीय सचिव , नेपाली राजदूताबास ०१० ४००७२०६८ भुवन कुमार बस्नेत, एनसिसि उपाध्यक्ष , ०१० २८०५०७३२ संगित अधिकारी, एनसिसि अध्यक्ष बुसान ०१० ८६२४१९७७ एल.वि.विष्ट , समाजसेवी ०१० ६८३०६८५२ रमेश उप्रेति (सचिव सपोर्ट नेपाल फाउण्डेसन, कोरिया) ०१० ९५०६ ३२०७ स्थान:- नेपाल हाउस, सउल मिति :- २०१७ जनवारी ३० सोमबार समय :- अपरान्ह १२.३० देखि १६.३० सम्म सम्पर्क दिपक बञ्जाडे, नेपाली राजदूताबास ०१० ७५५९३१०८ प्रेम शाह , एनसिसि अध्यक्ष ०१० ४४०२९८४८ अन्जु केसी , एनसिसि बरिष्ठ उपाध्यक्ष ०१० ५९३९५०१२


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.