अमेरिकामा भूकम्पपीडित नेपाली विद्यार्थीलाई २०१८ जुनसम्म वर्क परमिट
Everest Fuji News२०७३ पुष १३ मा प्रकाशितPublished at 2016 Dec 28
अमेरिकाले सन् २०१८ जुनसम्मका लागि २०१५ को अप्रिल २५ मा नेपालमा गएको भूकम्पबाट प्रत्यक्ष प्रभावित नेपाली विद्यार्थीलाई वर्क परमिट प्रदान गर्ने भएकाे छ ।
सन् २०१६ को डिसेम्बर २४ मा समाप्त भइैसकेको याे सुविधा १८ महिनाका लागि थपिएको हाे ।अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जेह जोन्सनले हस्ताक्षर गरेपछि याे सुविधा डिसेम्बर २७ देखि नै लागू भैसकेकाे छ ।
अमेरिकी सरकारले दिएकाे यो सुविधाअन्तरगत अमेरिकामा अध्ययनरत भूकम्प प्रभावित नेपाली विद्यार्थीले कलेज संचालनको अवधिमा समेत धेरै घण्टा काम गर्न सक्ने वर्क परमिट प्राप्त गर्न सक्नेछन् । याे सुविधा प्राप्त गर्न विद्यार्थी नेपाली नागरिक हुनुपर्ने, अप्रिल २५ , २०१५ देखि कानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेको हुनुपर्ने, अण्डरग्रयाजुअट विद्यार्थीले प्रत्येक सेमेस्टरमा ६ क्रेडिट आवर र ग्रयाजुअट विद्यार्थीले प्रत्येक सेमेस्टरमा ३ क्रेडिट आवरसहित विद्यार्थी भिसा स्टाटस जोगाइ राखेकाे हुनुपर्नेछ ।
(Whitehimal.tv)