मानशिक स्वास्थ्य अभियान सहयोगार्थ बिजुली मेशिन प्रदसन् गरिने

Everest Fuji News २०७३ मंसिर ३० मा प्रकाशित       Published at 2016 Dec 15


जापान । विगत केहि वर्ष देखि हामी नेपाली समुदायको संख्या बिदेशी भुमिमा बढ्दै गएको कुरा सर्वविदितै छ | बिदेशी भुमिमा नेपालीको सख्या बढे संगै पछिल्ला दिनमा आप्रबाशि हामी नेपालीहरुमा पनि केहि समस्या देखिन थालेको छ | व्यस्त जीवनशैली, विविधता र अन्य विविध समस्याका कारण विभिन्न प्रकारका मानसिक समस्या र आत्महत्याका घटना बढ्दै गरेको अनुभूति हामीले गर्दै आएका छौं |बैदेशिक रोजगार परबर्तन केन्द्रको तथ्याकका अनुसार बिदेशी भुमिमा हुने नेपालीको मृत्युको कारणमा आत्महत्या प्रमुख कारणमा पर्छ | पछिल्लो आर्थिक वर्षमा बिदेशी भुमिमा नेपाली कामदार ८८० जनाको मृत्यु भएकोमा ९१ जनाले आत्महत्या गरेका थिए जुन अघिल्लो वर्ष भन्दा १६ प्रतिशत बढी हो | जापानमा पनि बिगत ५ वर्ष भित्र १६ जना नेपालिले आत्महत्या गरेको तथ्याकले देखाएको छ | यसै प्रसँगमा मानशिक स्वास्थ्य तथा आत्महत्या रोकथाम अभियानले जापान , नेपाल र कोरियाका बिभिन्न शहरमा गर्न गैरहेको बिशेस जनचेतना अभियानको निम्ती टोकियोमा बिशेस च्यारिटि कार्यक्रम गरि नेपालि फिल्म बिजुलि मेशीन प्रदसन गरी सहयोग सङ्कलन कार्य गर्न गैइरहेको छ | img_1443बिदेशी भुमिमा नेपालीहरुमा जीवन शैली ,मानशिक स्वास्थ्य र आत्महत्या नियन्त्रण जस्ता समस्या बढे २०११ देखि क्लिनिकल मनोबिज्ञ डा. विजय ज्ञवालीले सुरुवात गर्नु भएको यो अभियानले नेपाल र जापानका विभिन्न सहरमा कार्यक्रम गरिसकेको छ | यसले मानशिक स्वास्थ्य र आत्महत्या सुन्य समाजको परिकल्पनालाइ आफ्नो मुख्य उद्देस्स्य बनाएको छ | यो अभियानले हाल सम्म विदेशी भुमिमा हुने मानसिक समस्या र यसको निराकरण ,मानशिक स्वास्थ्य र तनाब ब्यबस्थापन ,आत्महत्या नियन्त्रण सहयोगी तालिम, प्राथमिक मनोबैज्ञानिक तालिम जस्ता बिसय बस्तुमा कार्यक्रम गर्दै आएको छ | आगामी बर्ष जापान मात्र नभएर अन्य मुलुकमा यो अभियान बिस्तार गर्ने , जापानका प्रतेक ठुला शहरमा कार्यक्रम गर्ने र नेपालमा मेची महाकाली जनचेतना अभियान गर्ने योजनाको पूर्व सन्ध्यामा यो च्यारिटी फिल्म प्रदसन् गर्न थालिएको जानकारी गराइन्छ ।   img_1442चलचित्र देखाईने मिति, स्थान र समय: मिति : १७ डिसेम्वर २०१६ शनिबार समय : ६ बजे बेलुका टिकट दर :क) ३००० जापानी येन � ख) १०००० जापानी येन ( अभियान टि सर्ट सहित ) img_1441


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.