मँसिर-११, जापान
जापानमा १०० जना प्रतियोगीलाई पछी पार्दै शरद राई प्रथम भएका हुन । तेस्तै अर्का प्रतियोगी पनि नेपाली नै भएका छन् । दोस्रो भएका पोखरा निवासी बिष्णु भण्डारी आइटी कम्पनीमा कार्यरत छन् भने शरद राइ पनि अाइटी सम्बन्धी सफ्ट बैंक नामक प्रसिद्ध कम्पनि मा कार्यरत छन् । तेस्तै तेस्रो जापानी नागरिक ओशाका निवासी कोदोमा एरिका भएकी छन् । उनि महिला बाइक राइडर हुन् । उनले पनि जापानमा यो पेशामा आकर्षण गर्नको लागि परेकी छन् । जापानमा हुने विभिन्न विधा, तथा श्रेणीमा हुने वक्त्रित्वकला मध्ये यो उच्च श्रेणीको हो । माकुहारी मेस्से नाम गरिएको यस प्रतियोगीतामा जापानीज लगायत विदेशी हरुको लागि पनि खुल्ला गरिएको हुन्छ, तर यसमा सहभागी हुनको लागि भने भाषा लगायत अन्य विधामा पनि सक्षम हूनुपर्छ र यसलाई कलात्मक तरिकाले प्रस्तुति दिन सक्नु नै वक्त्रित्व कला हो । तै पनि खोटांगका शरद राइले एती मात्रै कौशालतामा सिमित रहेन । उनि नेपालको विकट गाउमा जन्मेको , त्यहा विद्यालय पनि नजिक नभएको , त्यसमाथि पनि शिक्षक तथा विद्यार्थी हरु नियमित हाजिर नहुने , समयको ख्याल पनि नगर्ने आदि आदि । "नेपालको विद्यालयमा हुने बिक्रितीको बारेमा प्रस्तुत गरेका थिए । "राष्ट्र निर्माणको लागि विद्यार्थी हरुलाई उचित शिक्षाका साथै उचित बातावरण पनि दिन सक्नु पर्छ भन्ने विविध ज्ञ्यान मा यहाँ जापान मा प्रत्यक्ष्य अध्ययन गर्ने मौका पाए पछी , बल्ल अनुभव पाए , यस्तै जापान को जस्तै प्रणाली भएको विद्यालय नेपालमा पनि बनाउन चाहन्थे र केहि जापानी साथीको सहयोगमा बनाएको पनि छु र यसलाई वृहत रुपमा लाने योजाना छ " जुन उनको यो कल्पना सहितको चित्र उनले आफ़नो फेसबूक पेजमा भिडियोमा क्लिप्स राखेका थिए , सायद यिनै विचारले सबै नेपाली तथा जापानीको मन छोए र उनि यो प्रथम स्थानमा आउन सफल भए । यति मात्रै सिमित रहेन कि उनले बुढानील कण्ठ जस्तो राम्रो विधालयले मलाई छात्राब्रिती दियो , तर मैले उहाहरुलाई केहि गर्न सकेको छैन , मैले शिक्षाको क्षेत्रमा धेरै गर्ने चाहाना छ । " उनले थपेका थिए । दोस्रो भएका बिस्सु भण्डारी को पनि शरद राइ संग मेल खाने योजना भएको टेलिफोन मार्फत बताएका छन् , उनले थपे शरद मेरो एकदमै मिल्ने साथी हो, उहाले यो शिक्षाको अभियान सुरु गरी सक्नु भएकोले मैले पनि उहाले नै प्रथम हुनु पर्ने मेरो मान्यता थियो , राम्रो भयो । " उनले थपे । हामी विद्यार्थी कालमा अहिलेको भाइ बहिनि हरु जस्तै गरेर यो स्थान सम्म आएका हौ , १०० जना जापानी तथा विदेशी लाइ जितेर हामि २ नेपाली प्रथम र दोस्रो हुनु भनेको पक्कै पनि चान चुने कुरो होइन !" उनि अझै थप्छन " हामी अहिले जातिय विभेद , तराई , मधेश , पहाड र हिमाल को विषयलाई लिएर आफ्नो अमुल्य समय खेर फालिरहेका छौ । यो पनि राम्रो शन्देश हो , हामी नेपाली को लागि , कि उनीहरु विदेशी नभनिकन हामीलाई यत्रो स्थान दियो ।"