नेजाद्वारा स्वर्गीय पत्रकार न्यौपानेको परिवारलाइ आर्थिक सहयोग

Everest Fuji News २०७३ मंसिर ३ मा प्रकाशित       Published at 2016 Nov 18


नेपाल अमेरिका पत्रकार संघ नेजाले स्वर्गिय पत्रकार संजय न्यौपानेको छोरा छोरीको शिक्षाका लागि १० हजार ५ सय ८८ डलर सङ्कलन गरेर परिवारलाइ हस्तान्तरण गरेको छ। नेपाल अमेरिका पत्रकार संघले बताएअनुसार सकलित रकम बैङ्क अफ अमेरिकामा रहेको नेजाको चल्ति खाताबाट नेपाल पत्रकार महासंघको बैङ्क खातामा पठाइएको हो। 'पत्रकार न्यौपानेको उपचारार्थ हामीले सहयोग रकम उठाउन थालिएको थियो। तर न्यौपानेलाइ बचाउन सकिएन त्यसैले उठेको रकम न्यौपानेका छोराछोरीको शिक्षाकोलागी खर्चलाइ सहयोग होस भन्ने हो।' नेजाका अध्यक्ष भोला आचार्यले बताए। उठेको सहयोग रकम न्यौपानेका छोरा, छोरीको नाममा मुद्दति खाता खोलेर उनीहरूको शिक्षामा मात्रै खर्च गर्ने गरी नेपालको कुनै वाणिज्य बैङ्कमा संकलित रकम राखिने बताइएको छ। नेजाले केही दिनअघि नेजा सदस्यसमेत रहनुभएका नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व अध्यक्ष नारायण सापकोटाको संयोजकत्वमा सहयोग सङ्कलन समिति गठन गरेको थियो। समितिको सदस्यहरूमा विजय घिमिरे, सुरेशचन्द्र पोखरेल, प्रतिमा वास्कोटा, इश्वरी न्यौपाने र विष्णु शीतल रहेका थिए।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.