भारोत्तोलन संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष लगायतका नेपाली खेलाडीहरुको टोली लाई जापानमा सम्मान गरिएको छ ।
बाके बर्दिया मैत्री समाज जापानले आइतबार टोकियोमा एक कार्यक्रमको आयोजना गरी खेलाडीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणी पौडेल, भारोत्तोलन संघका महासचिव तथा अन्तराष्ट्रिय भारोत्तोलन महासंघ अनुशासन समितिका सदस्य पार्थ सारथि सेन गुप्ता, भारोतोलन संघका सचिव संजय महर्जन, भारोतोलन संघ ओलम्पिक प्रशिक्षक सुनिल जोशी, जापानमा भर्खरै सम्पन्न एसियन जुनियर एण्ड युथ वेटलिफटिङ च्याम्पियनसीप खेल प्रतियोगितामा सहभागि खेडालीहरु प्रकाश केसी र कमला श्रेष्ठलाई सम्मान गरिएको हो।
बाके बर्दिया मैत्री समाजका अध्यक्ष जनक बिक्रम शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल , जनसम्पर्क समिति जापानका अध्यक्ष डिपी कंडेल लगायतले मन्तब्य राख्नुभएको थियो ।
समाजका अध्यक्ष शाहीले समाजले नेपाली खेल क्षेत्र र खेलाडीहरुलाई उच्च प्रार्थमिकतामा राखेको बताए । कार्यक्रम समाजका सल्लाहकार डा. बिजय ज्ञवालीले संचालन गरेका थिए भने समाजका सल्लाहकार डा. अमिक सुबेदीले स्वागत मन्तब्य राखेका थिए ।
पूर्वी नेपाल विकास सहकार्य केन्द्रका कार्यवाहक अध्यक्ष भुपी गोविन्द श्रेष्ठ, संचारकर्मी जिज्ञान थापा , अन्तरराष्ट्रिय नेपाली समाज जापानका सन्योजक पदम ठगुन्ना लगायतले आ- आफ्नो मतव्य व्यक्त गरेका थिए ।