आगामी आईतवार टोकियो सिनोओकुवो स्थित सोलमारी मुरा हलमा अपरान्ह ६:३० वजेबाट डिनर कार्यक्रमको आयोजना गर्न लागिएको आयाेजक एभरेष्ट फुजी न्युज डट्कम तथा कार्यक्रम संयोजक प्रेमिला गौचनले जानकारी दिनुभयो। आर्थिक पत्रकारीतामा दक्ष पत्रकार न्यौपानेको उपचारका लागि सहयोग रकम जुटाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको पत्रकार गौचनले जानकारी दिनुभयो। (फोटो सौजन्य : FNJ केन्द्र नेपालका अध्यक्ष डा. महेन्द्र विष्टको फसबूकबाट ) नोवेम्वर ६ तारिक आईतवार साझ साँढे छ वजेबाट कार्यक्रममा सहभागि भई सहयोग जुटाउने अवसरमा भाग लिईदिनुहुन जापानवासी नेपाली तथा सम्पूर्ण संघसस्थाहरुमा पत्रकार गौचनले आग्रह गर्नुभएको छ।पत्रकारकाे समस्या पत्रकारले मात्रै बुझेकाे हुन्छ ।परिबर्तन र बिकासकालागि दिनरात खट्ने पत्रकार न्याैपाने लाइ जीबनदान दिनु हाम्राे दायित्व हाे उहाँले समायाेजन खबर संग बताउनु भयाे । मस्तिष्कमा समस्या देखिएपछि भारतको मेदान्त अस्पतालमा पुरयाइएका पत्रकार न्यौपाउनेलाई थप उपचार तथा शल्यक्रियाका लागि काठमाडौँ ल्याइएको छ। उनको मस्तिष्कको गत बुधवार शल्यक्रिया गरिएको थियो। उनको उपचारमा ६० लाख भन्दा वढीखर्च हुने बताइएको छ। हाल प्रवासका विभिन्न देशमा रहेका नेपालीहरुले समेत न्यौपानेको उपचारमा सहयोग जुटाउने अभियान संचालन गर्दै आएका छन।