बिरामी पत्रकार न्यौपानेको उपचार्रार्थ सहयोग सङ्कलनका लागि समिति गठन

Everest Fuji News २०७३ कार्तिक ८ मा प्रकाशित       Published at 2016 Oct 24


कार्तिक ७, २०७३- आर्थिक पत्रकार समाजका पूर्व उपाध्यक्ष पत्रकार सन्जय न्यौपाने मस्तिष्क स्नायु प्रणालीसम्बन्धी रोगका कारण हरियाणाको मेदान्त अस्पतालमा भर्ना भएका छन् । ‘एनाप्लास्टिक एस्ट्रोसिटोमा’ भनेर चिनिने स्नायु प्रणालीसम्बन्धी रोगका कारण एक वर्षयता मेदान्त अस्पतालमा उपचारमा रहेका न्यौपानेको स्वास्थ्य स्थितीमा पुन: समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको आजको कान्तिपुरमा समाचार छ । उनका भाइ शैलेन्द्रका अनुसार बिजयादशमीकै दिन (असोज २५ गते) एकाएक घरमैं बेहोस भएपछि न्यौपानेलाई मेदान्त लगिएको हो । ‘पहिलो चरणको उपचार सकेर घर फिरेपछि फेरि अहिले रोगमा थप जटिलता देखिएकाले सन्जयलाई एक सातायता मेदान्तमा भर्ना गरिएको छ’, शैलेन्द्रले भने— ‘स्वास्थ्यस्थिति खतरामुक्त रहेपनि ‘फलोअप’ जरुरी देखिएको छ ।’ न्यौपाने कारोवार दैनिकका पूर्व सम्पादक हुन् । त्यसअघि  उनी कान्तिपुर दैनिकका बिजिनेश ब्युरो प्रमुखसमेत थिए । यसै बीच  नेपाल अमेरिका पत्रकार सङ्घ नेजाको आज बसेको सचिवालय बैठकले न्यौपानेको स्वास्थ्य लाभको कामना गर्दै उहाँको उपचारमा सहयोग पुर्‍याउन नेजा सदस्य एवं सेजनका पूर्व अध्यक्ष नारायण सापकोटा (न्यु योर्क) को संयोजकत्वमा आर्थिक सहयोग सङ्कलन समिति गठन गर्ने निर्णय गरेको छ । उक्त समितिमा नेजाका डिसीमेट्रो क्षेत्र संयोजक विष्णु शीतल, टेक्सासबाट नेजा सदस्य सुरेशचन्द्र पोखरेल र क्यालिफोर्नियाबाट नेजा सदस्यहरू इश्वरी न्यौपाने र प्रतिमा बाष्कोटा रहेका छन् । समिति मार्फत संकलित रकम नेपाल पत्रकार महासङ्घ मार्फत हस्तान्तरण गरिनेछ । Shyam Goenka . For Kathmandu, सम्पर्कका लागि नेपाल आर्थिक पत्रकार समाज (सेजन) सचिवालय अनामनगर, काठमाडौं फोन ०१–४२४२५६७ मोबाइल ९८४१०९३२५० इमेल: [email protected] अध्यक्ष, गोकर्ण अवस्थी : मोबाइल ९८४१३५०८०० महासचिव, मोदनाथ ढकाल : मोबाइल ९८५११५५७००
 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.